4 years ago
June 25, 2021
एजेन्सी – पाकिस्तान सुपर लिग २०२१ को उपाधि मुल्तान सुल्तानले जितेको छ । बिहिबार राती मुल्तान सुल्तानले पेशावार जाल्मीलाई फाइनलमा ४७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

जितको लागि २ सय ७ रनको विजय लक्ष्य पछ्याएको पेशावारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाउन सक्यो । पेशावारका अनुभवी खेलाडी शोएब मलिकले २८ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए । ओपनर तथा विकेटकिपर कमरन अकमलले २८ बलमा ५ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए । रोभमन पवेल २३ र शेर्फान रदरफोर्डले १८ रनको योगदान दिए । मुल्तानका स्पिनर ईमरान ताहिरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । बेलासिङ मुर्जावानी र ईमरान खानले २–२ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुल्तान सुल्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । मुल्तानका मध्यक्रमका ब्याट्सम्यान सोहीब मकसूदले ३५ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६५ रनको अविजित इनिङ खेले ।
ओपनर शन मसूद २९ बलमा ६ चौका सहित ३७ रनमा आउट भए । राईली रोसउले २१ बलमा ५ चौका र ३ छक्का सहित ५० रन जोड्दै राम्रो योगफलमा पुर्याएका थिए । खुसदिल ५ बलमा २ छक्का सहित १५ रनमा अविजित रहे । पेशावारका समिन गुल र मोहम्मद इफरानले २–२ विकेट लिए ।

मुल्तान सुल्तानका सोहिब मकसूद प्लेयर अफ द फाइनल र टुनामेन्ट घोषित भए । मकसूदले प्रतियोगिताभर १२ खेलमा ५ अर्धशतक सहित कुल ४ सय २८ रन जोडेका थिए । प्रतियोगिता उत्कृष्ट विकेटकिपर सुल्तानका कप्तान मोहम्मद रिजवान चुनिए । रिजवानले १२ खेलमा ५ सय रन जोेडेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]