4 years ago
June 26, 2021
एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन टि२० आई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ८९ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले सानदार क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा ९१ रनमा अल आउट भयो । श्रीलंका तल्लोक्रमका बिनुरा फ्रेन्नान्डोले १४ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक २० रनको योगदान दिए । ओशदा फ्रेनान्डोले २७ बलमा १ छक्का सहित सर्वाधिक १९ र विकेटकिपर निरोशन डिक्वेलाले १९ बल खेल्दै ११ रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । दनुष्का गुनाथिलका ४, कुशल पेरेरा ३, कुशल मेन्डिस ६ र दसुन शनका ७ रनमा आउट भए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर डेविड विल्लीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । साम करनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्स, लियाम लिभिङस्टोन, मोईन अली र क्रिस जोर्डनको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि घरेलु मैदान दी रोज बाउल साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर डेविड मलानले ४८ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रनको योगदान दिए । मलानले आफ्नो टि२० आई करिअरको ११ औं अर्धशतक ३० बलमा पूरा गरेका थिए । ओपनर डेविड मलान र जोनी बेयरस्टोले ११.४ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तीव्र गतिका बलर ईसुरु उडानको योर्कर बलमा बोल्ड हुनुअघि बेयरस्टोले ४३ बलमा ५ चौका र १ छक्का सहित ५१ रन जोडे । बेयरस्टोले ४१ बलमा अर्धशतक पूरा गरेका थिए । १६ औं ओभरको पहिलो बलमा लियाम लिभिङस्टोन ठूलो सट खेल्ने धुनमा एज लागेर कभरमा शनकाबाट १४ रनमा क्याच आउट हुन पुगे ।
तीव्र गतिका बलर दुश्मन्था चामिराले १७ औं ओभरमा दुई विकेट लिदै इंग्ल्यान्डको रनको गति रोकेका थिए । दोस्रो बलमा साम विलिंग्स शनकाबाट दुई रनमा क्याच आउट भए । अन्तिम बलमा कप्तान ओईन मोर्गन गुनाथिलकाबाट एक रनमा समातिन पुगे । चामिराले १९ औं ओभरमा दुई विकेट लिएपछि श्रीलंकाले उत्कृष्ट पूनरागमन गरेको थियो । तेस्रो बलमा चामिराले स्लोवर बल फ्याँल्दै मलानलाई शनकाबाट क्याच आउट गराएका थिए । दुई बलपछि मोईन अली डीप मिडविकेटमा ७ रनमा क्याच आउट भएका थिए ।

इंग्ल्यान्डले अन्तिम पाँच ओभरमा ३७ रन जोड्न ५ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको थियो । ३७ मध्य १७ रन अन्तिम ओभरमा आएको थियो । सुरुवाती १५ ओभरमा इंग्ल्यान्डले १ सय ४३ रन बनाउँदै १ विकेट मात्र गुमाएको थियो । साम करण ९ र क्रिस जोर्डन ९ रनमा अविजित रहे । श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिराले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।
बिनुरा फ्रेनान्डो र ईसुरु उडानाले १–१ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । श्रीलंका र इंग्ल्यान्डबीच थप तीन ओडिआई खेलको सिरिज हुने छ । पहिलो ओडिआई मंगलबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]