4 years ago
June 27, 2021
एजेन्सी – ओपनर इभिन लुईसको उत्कृष्ट ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई पहिलो टि२० खेलमा ८ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । आईतबार विहान सम्पन्न खेलमा वेस्ट इन्डिले जितको लागि पछ्याएको १ सय ६१ रनको विजयी लक्ष्य १५ ओभरमा २ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।

वेस्ट इन्डिजका ओपनर ईभिन लुईसले ३५ बलमा ४ चौका र ७ छक्का सहित ७१ रनको उत्कृष्ट आक्रामक इनिङ खेले । अनुभवी ब्याट्सम्यान क्रिस गेल २४ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा अविजित रहे । विष्फोटक ब्याट्सम्यान आन्द्रे रसेल १२ बलमा १ चौका र ३ छक्का सहित २३ रनमा अविजित रहँदै अन्त्य गरेका थिए ।
युवा ओपनर आन्द्रे फ्लेचर १९ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा रन आउट भए । ओपनर लुईस र फ्लेचरले पहिलो विकेटका लागि ७ ओभरमा ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले एक विकेट लिए । कागिसो रबाडा, एनरिच नोर्किया र लुन्गी एनगिडी जस्ता विश्वस्तरीय बलर विकेट विहिन बने ।
त्यसअघि नेशनल क्रिकेट स्टेडियम ग्रनेडामा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेन ३८ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनमा अविजित रहे । विकेटकिपर क्विन्टन डि कक २४ बलमा २ चौका र २ छक्का सहित ३७ रनमा आउट भए । कप्तान टेम्बा बभुमा २० बलमा २२, रिजा हेन्ड्रिक्स १७, डेविड मिलर ९ र हेनरिक क्लासेन ७ रनमा आउट भए ।

वेस्टइन्डिजका ड्वेन ब्राभो र फबिएन एलेनले २–२ विकेट लिए । आन्द्रे रसेल र जेसन होल्डरको नाममा १–१ विकेट रह्यो । दोस्रो टि२० खेल आज राती हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]