4 years ago
June 28, 2021
एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर जर्ज लिन्डे चम्कँदा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरी भएको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन बनाउन सक्यो । वेस्ट इन्डिजका ओपनर आन्द्रे फ्लेचरले ३६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रमका फबिएन एलेनले १२ बलमा ५ छक्का सहित ३४ रन जोडे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर ईभिन लुईस १६ बलमा ३ चौका र १ छक्का सहित २१ रनमा एनरिच नोर्कियाको बलमा बोल्ड आउट भए । पाँचौं ओभरको तेस्रो बलमा कागिसो रबाडाले क्रिस गेललाई जर्ज लिन्डेबाट ८ रनमा क्याच आउट गराए । स्पिनर तबरेज शाम्सीले कप्तान काईरन पोलार्डलाई एक रनमा रिजा हेन्ड्रिक्सबबाट क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । जर्ज लिन्डेले विकेटकिपर निकोलस पुरनलाई ९ रनमा डेविड मिलरबाट क्याच आउट गराए ।

फिनिसर आन्द्रे रसेललाई लिन्डेले क्लासेनबाट ५ रनमा क्याच गराएपछि वेस्ट इन्डिजको जित कठिन बनेको थियो । जेसन होल्डर २० र ड्वेन ब्राभो १० रनमा आउट भए । दक्षिण अफ्रिका कागिसो रबाडाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । जर्ज लिन्डेले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । लुन्गी एनगिडी, तबरेज शाम्सी र एनरिच नोर्कियाले एक एक विकेट लिए ।
त्यसअघि ग्रेनेडामा रहेको नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले ३३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । ओपनर रिजा हेनड्रिक्सले ३० बलमा ५ चौका र १ छक्का सहित ४२ रन जोडे ।

दोस्रो खेलमा पनि दक्षिण अफ्रिका मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा ठूलो योगफल बनाउन चुकेको थियो । विकेटकिपर क्विन्टन डि कक २० बलमा २ चौका र २ छक्का सहित २६, डेविड मिलर ११, रास्सी भान डर डुसेन २ र हेनरिक्स क्लासेन १० रनमा आउट भए । वेस्ट इन्डिजका मध्य गतिका ओबेद म्याककोयले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए ।
स्पिनर केभिन सिन्सिालारले २, जेसन होल्डर र आन्द्रे रसेलले १–१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ८ विकेटले पराजित भएको थियो । तेस्रो खेल मंगलबार राती हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]