default_image

4 years ago

June 28, 2021

टि२० विश्वकप यूएईमा हुने पक्का

127 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप २०२१ संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । भारतमा हुनपर्ने टि२० विश्वकप कोरोना महामारीको कारण यूएईमा हुने द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकप भारतमा गर्ने वा नगर्ने २७ जुन (आईतबार) सम्म बिसिसिआईलाई जानकारी दिन समय दिएको थियो । बिसिसिआईले सोमबार बेलुका सम्म आइसिसीलाई जानकारी दिनेछ । टि२० विश्वकप यूएईका तीन स्टेडियम शारजाह, आबूधाबी र दुबईमा हुने छन् । चौथो भेन्युको रुपमा ओमान रहेको छ ।

विश्वकपका पहिलो चरणका खेल भने ओमानमा हुने सम्भावना छ । टि२० विश्वकप १७ अक्टोबर देखि १४ नोभेम्बर सम्म चल्ने छ । तर औपचारिक मिति भने घोषणा हुन बाँकी छ । पहिलो राउन्ड (चरण) का खेलहरु ओमानमा हुने सम्भावना उच्च छ । पहिलो राउन्डमा ओमान, श्रीलंका, आयरल्यान्ड, पपुवा न्युगिनी, बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।

पहिलो राउन्डका आठ टोली दुई समूहमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो राउन्डबाट शीर्ष चार टोली सुपर १२ स्टेजमा स्थान बनाउने छन् । सुपर १२ स्टेजमा उक्त चार टोलीसँगै भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन् । दुई समूहमा विभाजन गरिने छ । जसमा शीर्ष दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

टि२० विश्वकप अघि यूएईमा आइपिएल २०२१ मा स्थगित भएका बाँकी खेलहरु हुने छन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने बताईएको छ । तर बिसिसिआईले औपचारिक मिति भने घोषणा गरेको छैन । टि२० विश्वकप जुधेको हुँदा अघिकाम्स विदेशी स्टार खेलाडीले बाँकी आइपिएल खेल्ने सम्भावना निकै कम छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.