4 years ago
June 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष वेस्ट इन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकपमा स्थान बनाउन नेपालले खेल्ने एसिया छनोट सर्ने उच्च सम्भावना रहेको छ । नेपाल सहित कुल ६ देशले सेप्टेम्बरमा यूएईमा यू-१९ विश्वकप एसिया छनोट खेल्ने कार्यक्रम छ । विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपाल प्रमुख दाबेदार टोली हो ।

कोरोना महामारीले सबै टोलीको तयारी नुहँदा र एसिया छनोटकै समयमा दुई ठूला प्रतियोगिता टि२० विश्वकप र इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेल यूएईमै हुने भएपछि सर्ने सम्भावना उच्च छ । टि२० विश्वकप २०२१ यूएईमा हुने पक्का भएको छ । टि२० विश्वकप आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईका तीन सहरमा हुने छ । आधिकारीक मिति भने तय हुन बाँकी छ ।
त्यसअघि स्थगित भएका आइपिएलका बाँकी खेल यूएईमा हुँदै छन् । आइपिएलका बाँकी खेल सेप्टेम्बर १९ देखि सुरु गर्ने तयारी भई रहेको छ । यो अवस्थामा नेपालले खेल्ने यू१९ विश्वकप छनोट सर्ने उच्च सम्भावना देखिन्छ ।
कोरोना महामारीको कारण आइपिएलका टोलीहरु दुई हप्ता अघिनै यूएई जाने छन् । आइपिएल सुरु हुनुअघि टोलीले तयारी पनि गर्ने छन् । आइपिएल र टि२० विश्वकप तयारीको लागि मैदान र पिचलाई पनि केहि समय चाहिँन्छ । यो अवस्थामा यू१९ विश्वकप टि२० विश्वकप पछि हुने प्रबल सम्भावना देखिन्छ । उक्त समयमै हुने भए यूएईलाई छाडेर ओमान र मलेसिया विकल्पमा देखिन्छन् । ओमानमा टि२० विश्वकपको पहिलो चरणको खेल हुने बताइएको छ ।

नेपालले यू-१९ विश्वकप एसिया छनोटको लागि कुनै तयारी गरेको छैन । पछिल्ला दुई संस्करणमा यू-१९ विश्वकप खेल्न नसकेको नेपालको तयारी शून्य छ । मनसुन र वर्षा सुरु भएको हुँदा भदौ अघि तयारीको कुनै सम्भावना पनि देखिदैन । नेपाल क्रिकेट संघ (क्यान) ले जेठमा यू-१९ राष्ट्रिय प्रतियोगिता तयारी गरेपनि कोरोना कारण स्थगित हुन पुगेको थियो । भदौमा यू-१९ राष्ट्रिय प्रतियोगिता हुने सम्भावना धेरै छ ।
२०१४ देखि यू-१९ राष्ट्रिय प्रतियोगिता भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली यू-१९ टोलीले पछिल्लो पटक भारतमा २०१९ को नोभेम्बरमा यू-१९ च्यालेन्ज ट्रफी खेलेको थियो । २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकपनै नेपालले अन्तिम पटक खेलेको थियो । २०२० मा दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकपको लागि नेपाल एसिया छनोटमा वर्षाको कारण यूएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित हुँदै बाहिरिएको थियो ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले समयमै हुने वा नहुने कुनै जानकारी नआएको बताउँछन् । ‘सर्ने वा निर्णय भएको हुने केहि सूचना आएको छैन । उताबाट (आइसिसी) सूचना नआउन सम्म केहि भन्न सकिदैन’ चन्दले हाम्रो खेलकुदसँग कुरा गर्दै भने । क्यानले भदौमा यू-१९ राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरेको बुझिएको छ ।

गत चैतमा क्यानले चौधरी ग्रुपको उत्पादन वाई वाई सँग यू-१९ को सम्पूर्ण गतिविधिको लागि पाँच वर्षको सम्झौता गरेको थियो । सम्झौता अनुसार क्यानले वार्षिक ७० लाख पाउने छ । जुन घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा खर्च हुने छ । यू-१९ राष्ट्रियसँगै पछिल्ला दुई सिनियर प्रतियोगिता प्रधानमन्त्री कप र काठमाडौं मेयर कपमा राम्रो प्रदर्शन गरेका खेलाडी पनि टोलीमा बोलाउने चन्द बताउँछन् ।
यू-१९ प्रशिक्षक विनोद दास गत पुषमा क्यानको म्यानेजर पदमा नियुक्त भएका छन् । जसको कारण यू-१९ प्रशिक्षक पद रिक्त छ । सिनियर टोलीका प्रमुख प्रशिक्षक देभ ह्वाटमोरले पनि यू-१९ टोलीलाई रेखदेख र सहयोग गर्ने छन् । क्यानले यू-१९ को प्रशिक्षक नियक्त अर्को महिना गर्ने चन्द बताउँछन् ।
दोस्रो चरणको कोरोना महामारीले दक्षिण एसिया नराम्रोसँग प्रभावित बनेको छ । एसिया छनोटको विजेता २०२२ को यू-१९ विश्वकपमा सिधैं स्थान बनाउने छ । एसिया छनोटमा नेपाल सहित, यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमान गरि ६ टोली छन् । ओमान र सिंगापुर डिभिजन टु एसिया छनोटबाट बढुवा भएका टोली हुन् । यू-१९ विश्वकपमा पाँच क्षेत्रका विजेताले सिधैं विश्वकपमा स्थान बनाउने छन् । कोरोना महामारीको कारण कुनैपनि टोलीले तयारी गर्न पाएका छैनन् । जसले गर्दा पनि सर्ने सम्भावना धेरै देखिन्छ ।
२०२० को यू१९ विश्वकका शीर्ष ११ टेष्ट टोलीले स्वतः स्थान बनाएका छन् । टेस्ट टोली आयरल्यान्डले भने यूरोप क्वालिफायर खेल्ने छ । स्पेनमा हुने उक्त यूरोप छनोटमा आयरल्यान्ड, नेदरल्यान्ड्स, डेनमार्क, जर्सी, स्कटल्यान्ड र ग्वेर्नसे छन् । कोरोना कारण यू-१९ को तयारी विश्वमै सुनसान जस्तै बनेको छ । अमेरिकाले भने आन्तरिक अभ्यास गरि राखेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]