default_image

4 years ago

June 28, 2021

उपकप्तान मेन्डिस सहित तीन खेलाडी निलम्बित

116 views

0 Bookmark

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुसल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई सबै शैलीको क्रिकेटबाट निलम्बित गरेको छ । इंग्ल्यान्डमा रहेका कुसल मेन्डिस, विकेटपिकर निरोशन डिक्वेला र ओपनर दनुष्का गुणाथिलकालाई निलम्बित गर्दै तत्काल श्रीलंका फर्किन आदेश दिएको छ ।

यी तीन खेलाडी होटल छाडेर बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले उनीलाई निलम्बित गरेको हो । आईतबार राती श्रीलंका यी तीन खेलाडीले कोरोना बायो सिक्योर बबल उलंघन गर्दै खुलेआम घुमेका थिए । भिडियो फुटेजमा मेन्डिस र डिक्वेला देखिएपनि गुणाथिलका भने देखिएका थिएनन् । तर यी तीनै बाहिरसँगै निस्केको बताइएको छ । कुनैपनि जानकारी नदिई होटल बाहिर गएको श्रीलंका क्रिकेटले जनाएको छ ।

श्रीलंका क्रिकेटले पूरा जाँच नहुँन सम्म तीनै खेलाडीलाई निलम्बन गरेको जनाएको छ । तीन टि२० आई सिरिजमा श्रीलंका इंग्ल्यान्डसँग ३–० ले पराजित भएको थियो । जसमा कमजोर ब्याटिङ गरेको थियो । मेन्डिसले तीन खेलमा ५४ रन मात्र बनाएका थिए । गुणाथिलकाले तीन खेलमा २६ र दुई खेलमा डिक्वेलाले दुई खेलमा १४ रन बनाएका थिए । इंग्ल्यान्ड र श्रीलंकाबीच थप तीन ओडिआई खेलको सिरिज हुँदै छ । पहिलो खेल मंगलबार हुने छ । यी तीन प्रमुख ब्याट्सम्यान टोलीमा नहुँदा श्रीलंका थप समस्यामा पर्ने छ । विकेटकिपर कप्तान कुसल पेरेराले गर्ने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.