4 years ago
June 29, 2021
एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको घातक बलिङसँगै श्रीलंकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई १ सय ८६ रनको सामान्य लक्ष्य दिएको छ । रिभरसाइड ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डको उत्कृष्ट बलिङ सामू श्रीलंका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंका कप्तान कुसल पेरेराले ८१ बलमा ७ चौका सहित सर्वाधिक ७३ रनको इनिङ खेले । वानिन्दु हसरंगाले ६५ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । एक समय ९ ओभरमा ४६–३ को कमजोर अवस्थामा रहेको श्रीलंकालाई चौथो विकेटका लागि पेरेरा र वानिन्दुले १ सय २४ बलमा ९९ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
तर क्रिस वोक्सको २९ औं ओभरको चौथो सट बलमा वानिन्दु ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा लियाम लिभिङस्टोनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । त्यसपछि इंग्ल्यान्डको बलिङ सामू श्रीलंका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरुवाती पाँच मध्य चार विकेट वोक्सले लिएका थिए । वोक्सले पाँचौ ओभरको चौथो बलमा ओपनर पाथुम निसंका ५ रनमा मोईन अलीबाट शट मिडविकेटमा समातिन पुगेका थिए ।

डेविड विल्लीको बलमा डेब्यू गरेका चरिथ असलान्का अर्को ओभरको पाँचौ बलमा जो रुटबाट शून्यमा आउट भए । वोक्सले दसुन शनकालाई एक र धनञ्जय लक्सानलाई दुई रनमा आउट गर्दै संकटमा पुर्याएका थिए । रमेश मेन्डिस एक र बिनुरा फ्रेनान्डो दुई रनमा आउट भए । एक समय २८.३ ओभरमा १४५–३ को अवस्थामा हुँदै राम्रो योगफलको सम्भावना देखाएपनि खराब ब्याटिङ गर्दै सस्तैमा अल आउट भएको हो ।
तल्लोक्रमका चमिका करुणारत्ने १९, प्रवीन जयविक्रम ४ र चामिरा दुशमन्थाले ७ रनको योगदान दिए । तीव्र गतिका बलर क्रिस वोक्सले १० ओभरमा ५ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । अर्का तीव्र गतिका बलर डेविड विल्लीले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । स्पिनर मोईन अलीले एक विकेट हात पारे ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]