default_image

3 years ago

June 29, 2021

श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको उत्कृष्ट बलिङ र जो रुटको अविजित अर्धशतकीय इनिङको सहयोगमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्डले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३५.५ ओभरमा ५ […]

49 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको उत्कृष्ट बलिङ र जो रुटको अविजित अर्धशतकीय इनिङको सहयोगमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।

यो जितसँगै इंग्ल्यान्डले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका जितमा उपकप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान जो रुट ८७ बलमा ४ चौका सहित ७९ रनमा अविजित रहे । रुटको आडिआई करिअरको ३४ औं अर्धशतक र १ सय ५० औं खेल हो । रुटले आफ्नो ओडिआई करिअरको ६ हजार रन पनि पूरा गरेका छन् ।

रुट इंग्ल्यान्डबाट ओडिआई सर्वाधिक छिटो ६ हजार रन पूरा गर्ने पहिलो र विश्वका चौथो खेलाडी बनेका छन् । ओडिआईमा रुट अघि सर्वाधिक छिटो ६ हजार रन पूरा गर्नेमा दक्षिण अफ्रिका हसिम अमला १ सय २३ इनिङ, भारतका कप्तान विराट कोहली १ सय ३६ इनिङ र न्युजिल्यान्डका कप्तान केन विलियम्सन १ सय ३९ इनिङ छ । वेस्ट इन्डिजका पूर्व आक्रामक ब्याट्सम्यान भिभियन रिचर्डस र जो रुटले समान १ सय ४१ इनिङमा उक्त सफलता हात पारेका हुन् ।

इंग्ल्यान्डलाई ओपनर जोनी बेयरस्टो र लियाम लिभिङस्टोनले पहिलो विकेटका लागि ४.५ ओभरमा ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । चमिका करुणारत्नेले लिभिङस्टोनलाई दुश्मन्था चामिराबाट ९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । आक्रामक ब्याटिङ गरेका बेयरस्टोलाई बिनुरा फ्रेनान्डोले छैटौं ओभरको अन्तिम बलमा ४३ रनमा बोल्ड आउट गरे । बेयरस्टोले २१ बलमा ६ चौका र १ छक्का सहित आक्रामक सुरुवात दिलाएका थिए ।

तीव्र गतिका बलर दुश्मन्था चामिराको दशौं ओभरको पाँचौ बलमा कप्तान ओईन मोर्गन एज लागेर विकेटकिपर कुसल पेरेराबाट ६ रनमा समातिन पुगेका थिए । चामिरालेनै १२ औं ओभरको पाँचौं बलमा साम बिलिंग्सलाई ३ रनमा क्याच गराउँदा इंग्ल्यान्ड ८०–४ को अवस्थामा पुर्याएका थिए । पाँचौं विकेटका लागि रुट र मोईन अलीले ९१ रनको साझेदारी गर्दै जित सहज बनाए । अली ५७ बलमा १ चौका सहित चामिरा बलमा २८ रनमा बोल्ड आउट भए । साम करण ९ रनमा अविजित रहे । श्रीलंका दुश्मन्था चामिराले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । बिनुरा फ्रेनान्डो र चमिका करुणारत्नेले एक एक विकेट लिए ।

त्यसअघि रिभरसाइड ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डको उत्कृष्ट बलिङ सामू श्रीलंका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंका कप्तान कुसल पेरेराले ८१ बलमा ७ चौका सहित सर्वाधिक ७३ रनको इनिङ खेले । वानिन्दु हसरंगाले ६५ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । एक समय ९ ओभरमा ४६–३ को कमजोर अवस्थामा रहेको श्रीलंकालाई चौथो विकेटका लागि पेरेरा र वानिन्दुले १ सय २४ बलमा ९९ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।

तर क्रिस वोक्सको २९ औं ओभरको चौथो सट बलमा वानिन्दु ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा लियाम लिभिङस्टोनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । त्यसपछि इंग्ल्यान्डको बलिङ सामू श्रीलंका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । सुरुवाती पाँच मध्य चार विकेट वोक्सले लिएका थिए । वोक्सले पाँचौ ओभरको चौथो बलमा ओपनर पाथुम निसंका ५ रनमा मोईन अलीबाट शट मिडविकेटमा समातिन पुगेका थिए ।

डेविड विल्लीको बलमा डेब्यू गरेका चरिथ असलान्का अर्को ओभरको पाँचौ बलमा जो रुटबाट शून्यमा आउट भए । वोक्सले दसुन शनकालाई एक र धनञ्जय लक्सानलाई दुई रनमा आउट गर्दै संकटमा पुर्याएका थिए । रमेश मेन्डिस एक र बिनुरा फ्रेनान्डो दुई रनमा आउट भए । एक समय २८।३ ओभरमा १४५–३ को अवस्थामा हुँदै राम्रो योगफलको सम्भावना देखाएपनि खराब ब्याटिङ गर्दै सस्तैमा अल आउट भएको हो ।

तल्लोक्रमका चमिका करुणारत्ने १९, प्रवीन जयविक्रम ४ र चामिरा दुशमन्थाले ७ रनको योगदान दिए । तीव्र गतिका बलर क्रिस वोक्सले १० ओभरमा ५ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । अर्का तीव्र गतिका बलर डेविड विल्लीले १० ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । स्पिनर मोईन अलीले एक विकेट हात पारे । दोस्रो खेल बिहिबार र तेस्रो आइतबार हुने छ ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.