default_image

3 years ago

June 30, 2021

दक्षिण अफ्रिकासँग वेस्ट इन्डिज एक रनले पराजित

एजेन्सी – घरेलु टोली वेस्ट इन्डिज दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टि२० आई खेलमा एक रनले पराजित भएको छ । बुधबार विहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले रोमान्चक जित निकाल्दै पाँच टि२० आई खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]

32 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्ट इन्डिज दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टि२० आई खेलमा एक रनले पराजित भएको छ । बुधबार विहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले रोमान्चक जित निकाल्दै पाँच टि२० आई खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँएको थियो । तीव्र गतिका बलर कागिसो रबाडाले पहिलो बल वाईड फ्याँलेका थिए । अर्को बल योर्करका साथ डट राखे ।

दोस्रो बल योर्कर फ्याँलेपनि फबिएन एलेनले चौकामा परिणत गरेका थिए । तेस्रो बल रबाडाले योर्करका साथ डट राख्दै दबाब बढाए । चौथो बलमा एलेनले दुई रन बटुल्दा पाँचौ बल योर्करका साथ डट राख्दै दक्षिण अफ्रिकालाई रोमान्चक जित नजिक पुर्याएका थिए । अन्तिम बलमा एलेनले डीप स्क्वायर लेगमा छक्का प्रहार गरेपनि जितको लागि भने पर्याप्त रहेन ।


एलेन ९ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । वेस्ट इन्डिजका ओपनर ईभिन लुईस र विकेटकिपर निकोलस पुरनले सर्वाधिक २७–२७ रन जोडे । सुरुवाती दुई खेलबाट क्रिस गेल र आन्द्रे फ्लेचरलाई विश्राम दिएको वेस्ट इन्डिजका अनुभवी ओपनर लेन्डन सिमन्स २२, जेसन होल्डर १६, कप्तान काईरन पोलार्ड एक, शिम्रन हेटमायर १७ र आन्द्रे रसेल २५ रनमा आउट भए । रसेलले १६ बलमा ३ छक्का प्रहार गरेका थिए ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । शाम्सीनै खेलको प्लेयर अफ द म्याच चुनिए । कागिसो रबाडा, लुन्गी एनगिडी र जर्ज लिन्डेले १–१ विकेट लिए ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । दक्षिण अफ्रिका ओपनर तथा विकेटकिपर क्विन्टन डि ककले ५१ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । मध्यक्रमका रास्सी भान डर डुसेनले २४ बलमा २ चौका र १ छक्का सहित ३२ रन जोडे । अन्यले भने राम्रो प्रर्दशन गर्न सकेनन् । रिजा हेनड्रिक्स १७, कप्तान टेम्बा बभुमा १, एडेन माक्ररम २३ र डेविड मिलर २ रनमा आउट भए ।

वेस्ट इन्डिजका तीव्र गतिका बलर ओबेद म्याककोयले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर ड्वेन ब्राभोले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी हुँदा दोस्रो खेलमा १६ रनले पराजित भएको थियो । चौथो खेल विहिबार र अन्तिम तथा पाँचौं खेल शनिवार हुने छ ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.