default_image

4 years ago

July 1, 2021

गिलले इंग्ल्यान्डविरुद्ध सिरिज गुमाउने सम्भावना

210 views

0 Bookmark

एजेन्सी– भारतका युवा स्टार ओपनर सुभमन गिलले अर्को महिना देखि सुरु हुने इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट खेलको सिरिज गुमाउने उच्च सम्भावना रहेको छ । गिलको बायाँ खुट्टा मांशपेशीमा चोट लागेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार गिल दुई महिना टोली बाहिर रहने छन् । यद्ययी भारतीय टोलीले गिलको चोट बारे औपचारिक कुनै जानकारी भने दिएको छैन । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले पहिलो टेस्ट चार अगष्टमा खेल्ने छ । इंग्ल्यान्डमा घरेलु मैदानमा पराजित गर्न भारतलाई सहज हुने छैन । विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ पनि इंग्ल्यान्ड र भारतबीचको सिरिजबाट सुरु हुने छ । अघिल्लो हप्ता भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । गिलले पहिलो इनिङमा २८ रन र दोस्रो इनिङमा ८ रन जोडेका थिए ।

गिल अनुपस्थित हुँदा उनको स्थानमा मयंक अग्रवाल खेल्ने छन् । मयंक भारतका पहिलो रोजाईका ओपनर हुन् । भारतको ओपनिङ रोहित शर्मा र मयंकले गर्ने छन् । लोकेश राहुल र वैकल्पिक खेलाडी अभिमन्यु ईश्वरन भारतको ओपनरको रुपमा इंग्ल्यान्ड भ्रमणमा छन् । राहुलले झण्डै दुई वर्षदेखि भारतीय टेस्ट टोलीबाट खेलेका छैनन् । अभिमन्यु अनक्याप्ड खेलाडी हुन् । २०२०/२१ मा गिलले अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । गिलले ८ टेस्टमा ४ सय १४ रन बनाएका छन् ।


भारतको टोली : रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल , ऋद्धिमान शाह

वैकल्पिक खेलाडी : अभिमन्यु ईश्वरन, प्रसिद्ध कृष्णा, आवेश खान र अरजान नागवासवाला

इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज


पहिलो टेस्ट : ४ देखि ८ अगष्ट, नोटिंघम


दोस्रो टेस्ट : १२ देखि १६ अगष्ट, लर्ड्स


तेस्रो टेस्ट
: २५ देखि २९ अगष्ट, लिड्स


चौथो टेस्ट : २ देखि ६ सेप्टेम्बर, लन्ड्न


पाँचौ टेस्ट : १० देखि १४ सेप्टेम्बर, म्यानचेष्टर

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.