default_image

4 years ago

July 1, 2021

भारत र इंग्ल्यान्डबीचको सिरिजबाट दोस्रो टेस्ट च्याम्पियनसिप सुरु हुने

126 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीच हुने पाँच टेस्ट सिरिजसँगै दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१-२३ सुरु हुने भएको छ । भारत र इंग्ल्यान्डबीचको सिरिज अगस्ट पहिलो साता देखि सुरु हुने छ । टेस्ट च्याम्पियनसिप दोस्रो संस्करण २०२१ अगष्ट देखि २०२३ जुन सम्म चल्ने छ

आइसिसीका शीर्ष नौं राष्ट्रबीच दुई वर्ष चल्ने च्याम्पियनसिपमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । पाँच पाँच खेलको टेस्ट सिरिज दुई वटा मात्रै हुने भएका छन् । भारत र इंग्ल्यान्डबीचको पछि डिसेम्बरमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरिज पाँच टेस्टको हुने छ । टेस्ट टोली जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड यस च्याम्पियनसिपमा सहभागी हुन पाउने छैनन् । टेस्ट च्याम्पियनसिपको जितको प्वाइन्ट (अंक) नियम पनि परिवर्तन हुने भएको छ । अव एक खेल जितको अंक १२ मिल्ने छ । बराबरीमा सकिएमा छ र ड्र भएमा चार अंक मिल्ने छ ।

यस अघि एक सिरिजमा कुल १ सय २० अंक थियो । दुई टेस्टको सिरिजमा एउटा खेल विजयी हुने टोलीले ६० अंक प्राप्त गरेका थिए । ड्र भएमा २० र बराबरी भएमा ३० अंक मिल्ने गर्दथ्यो । तीन टेस्टको सिरिजको एक खेलमा जित वापत ४०, बराबरी भएमा २० र ड्र भएमा १३ अंक मिलेको थियो । चार टेस्ट सिरिजमा एक खेलमा विजयी हुने टोलीले ३०, बराबरी भएमा १५ र ड्र भएमा १० अंक प्राप्त गरेका थिए । पाँच टेस्टको सिरिजमा एक खेलमा जित हात पारे २४, बराबरी भए १२ र ड्र भए आठ अंक प्राप्त गरेका थिए । एक टोलीले कुल छ टेस्ट सिरिज खेल खेल्ने छन् । जुन तीन होम र तीन अवे हुने छन् ।

सर्वाधिक धेरै इंग्ल्यान्डले २२, भारतले १९ र अष्ट्रेलियाले १८ खेल खेल्ने छन् । न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंकाले कुल १३–१३ खेल खेल्ने छन् । सबैभन्दा कम बंगलादेशले १२ खेल खेल्ने छ । बंगलादेशले सबै टोलीसँग समान दुई दुई टेस्ट सिरिज मात्र खेल्ने छ । दक्षिण अफ्रिकाले १५ खेल खेल्ने छ । अष्ट्रेलियाले २०२२ मा चार टेस्टको लागि भारत भ्रमण गर्ने छ । यस च्याम्पियनसिपको एक मात्र चार टेस्टको सिरिज हुने छ । भारतले न्युजिल्यान्डसँग दुई, श्रीलंकासँग तीन र अष्ट्रेलियासँग चार टेस्टको सिरिज घरेलु मैदानमा खेल्ने छ । इंग्ल्यान्ड पाँच टेस्टसँगै दक्षिण अफ्रिका र बंगलादेशको भ्रमण गर्ने छ ।

इंग्ल्यान्डले भारतसँग पाँच टेस्ट सिरिज, न्युजिल्यानड र दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा समान तीन –तीन टेस्ट खेलको सिरिज खेल्ने छ । इंग्ल्यान्डले अवेको रुपमा अष्ट्रेलियामा पाँच, वेस्ट इन्डिज र पाकिस्तानमा तीन तीन टेस्ट सिरिज खेल्ने छ । अष्ट्रेलियाले कुल १८ खेल खेल्ने छ । इंग्ल्यान्डविरुद्ध घरेलु मैदानमा पाँच, वेस्ट इन्डिजविरुद्ध दुई दक्षिण अफ्रिकासँग तीन खेलको टेस्ट खेल खेल्ने छ । अष्ट्रेलियाले भारतसँगै पाकिस्तान र श्रीलंका भम्रण गर्दै दुई दुई टेस्ट खेलको सिरिज खेल्ने छ । २०१९-२१ को पहिलो संस्करणको उपाधि न्युजिल्यान्डले जितेको थियो । अघिल्लो हप्ता फाइनलमा भारतलाई आठ विकेटले हराउँदै न्युजिल्यान्डले ऐतिहासिक उपाधि जितेको थियो ।

दुई वर्ष सम्म चलेको च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो हुँदै फाइनलमा प्रतिस्पर्धा गरेका थिए । भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट चार अगष्ट देखी सुरु हुने छ । दोस्रो टेस्ट अगष्ट १२, तेस्रो अगष्ट २५, चौथो सेप्टेम्बर दुई र पाँचौं सेप्टेम्बर १० देखि सुरु हुने छन् । भारत टेस्ट च्याम्पियनसिप पछि इंग्ल्यान्डमै रहेको छ । भारतको अर्को टोलीले जुलाई दोस्रो साताबाट श्रीलंकामा समान तीन टि२० आई र ओडिआई सिरिज खेल्ने कार्यक्रम छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.