default_image

4 years ago

July 1, 2021

माई सेकेण्ड टिचरद्धारा क्रिकेट टोलीलाई रकम हस्तान्तरण

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न टि२० आई त्रिकोणात्मक सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरले सम्मान स्वरुप पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

विहिबार एक कार्यक्रमका बीच राष्ट्रिय टोलीको जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप पाँच लाख र उक्त प्रतियोगितामा डेब्यू गरेका चार खेलाडीलाई जनही एक लाख प्रदान गरेको जनाएको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण रोकिएको थियो । माई सेकेण्ड टिचरले कप्तान ज्ञानेन्द्र मल्ललाई चेक हस्तान्तरण गरेको थियो । ओपनर कुशल भुर्तेल, आसिफ शेख, स्पिनर साहब आलम र तीव्र गतिका बलर कमलसिंह ऐरीले उक्त सिरिजबाट नेपालको टि२० आई टोलीमा डेब्यू गरेका थिए ।

नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । डबल राउन्ड रोबिनको आधारमा भएको उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए ।

डेब्यू खेलको सुरुवाती तीनै खेलमा अर्धशतकका साथ कुशल भुर्तेलले विश्व कीर्तिमान बनाएका थिए । कुशल टि२० आई डेब्यू सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए । अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखले ५ खेलमा एक अर्धशतक सहित १ सय ५४ रन बनाएका थिए ।

सुरुवाती दुवै खेलमा यी दुई ओपनरले लगातार शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान बनाएका थिए । दुबै डेब्यू खेलाडीले शतकीय साझेदारी पहिलो पटक टि२० आईमा गरेका हुन् । त्यस्तै टि२० आईमा ओपनरले लगातार दुई शतकीय साझेदारी गर्ने कुशल र आसिफ पहिलो जोडी हुन् । अन्तिम दुई खेल खेलेका कमलले ५ र स्पिनर साहबले ३ खेलमा २ विकेट लिएका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा कप्तान ज्ञानेन्द मल्लले उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गरेका थिए ।

‘त्रिकोणात्मक सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगतमा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी छुँ’, इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.