default_image

4 years ago

July 1, 2021

करनको उत्कृष्ट बलिङमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

149 views

0 Bookmark

एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर साम करन र डेविड विल्लीको उत्कृष्ट बलिङसँगै श्रीलंकाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । दी ओभल लन्डनमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रन बनायो ।

एक समय २१–४ को कमजोर अवस्थामा रहेको श्रीलंकाले राम्रो पूनरागमन गराउदै मध्यम योगफल बनाएको हो । श्रीलंका स्पिन अलराउन्डर धनन्जय शिल्भाले ९१ बलमा १३ चौका सहित सर्वाधिक ९१ रनको योगदान दिए । दोस्रो ओभरमा युवा तीव्र गतिका बलर साम करनले दुई प्रमुख ब्याट्सम्यानलाई आउट गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो ओभरको दोस्रो बलमै साम करणले कप्तान कुसल पेरेरालाई शून्यमा एलबिडब्लू आउट गरे ।

पेरेराले रिभ्यु लिएपनि सफल हुन सकेनन् । दुई बलपछि अविष्का फ्रेनान्डो पनि दुई रनमा एलबिडब्लू आउट हुन पुगेका थिए । साम करनलेनै चौथो ओभरको तेस्रो बलमा पाथुम निसंकालाई पाँच रनमा बोल्ड आउट गर्दै श्रीलंकालाई १२–३ को दयनिय अवस्थामा पुर्याएका थिए । सातौं ओभरको पाँचौँ बलमा चरिथ असलान्का तीन रनमा क्याच आउट हुँदा श्रीलंका २१–४ को संकट अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट श्रीलंकाले खेलमा उत्कृष्ट पूनरागमन गर्न सफल भएको थियो ।

पाँचौं विकेटका लागि धनन्जय र वानिन्दु हसरंगाले ८२ बलमा ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै श्रीलंका संकट टारेका थिए । करनलेनै २१ औं ओभरको तेस्रो बलमा वानिन्दुलाई २६ रनमा साम विलिंग्सबाट क्याच गराउँदै इंग्ल्यान्डलाई पाँचौं सफलता दिलाएका थिए । वानिन्दुले ४९ बलमा दुई चौका प्रहार गरे । छैटौं विकेटका लागि धनन्जय र दसुन शनकाले ८४ बलमा ७८ रनको उत्कृष्ट साझेदारी गर्दै श्रीलंकालाई पूनरागमन गराएका थिए ।

डेविड विल्लीको ३५ औं ओभरको चौथो बलमा ठूलो खेल्ने धुनमा धनन्जय डीप स्क्वायरमा जो रुटबाट क्याच आउट हुन पुगेपछि आफ्नो ओडिआई करिअरको पहिलो शतक बनाउन नौं रनले चुकेका थिए । धनन्जयको यो ओडिआई करिअरकै सर्वोत्कृष्ट प्रदर्शन हो । सातौं विकेटका लागि शनका र चामिक करुणारत्नले ४२ रनको साझेदारी गर्दै दुई सय माथिको योगफल कटाएका थिए ।

शनका ६७ बलमा दुई चौका र एक छक्का सहित ४७ रनमा क्याच आउट भए । करुणारत्ने २१ रनमा क्याच आउट भए । बिनुरा फ्रेनान्डोले १५ बलमा तीन चौका १७ सहित रन जोडे । दुश्मन्था चामिरा १२ बलमा एक छक्का सहित १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका साम करनले १० ओभरमा एक मेडन सहित ४८ रन खर्चेर पाँच विकेट लिए । साम करणले ओडिआईमा पहिलो पटक पाँच विकेट लिएका हुन् । अर्का बायाँ हाते तीव्र गतिका बलर डेविड विल्लीले १० ओभरमा एक मेडन सहित ६४ रन खर्चेर चार विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.