default_image

4 years ago

July 2, 2021

वेस्ट इन्डिजको जितमा पोलार्ड र ब्राभोको उत्कृष्ट प्रदर्शन

142 views

0 Bookmark

एजेन्सी – कप्तान काइरन पोलार्ड र अलराउन्डर ड्वेन ब्राभोको उत्कृष्ट प्रदर्शनको सहयोगमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई चौथो टि२० आई खेलमा २१ रनले पराजित गरेको छ । योसँगै पाँच टि२० आईको खेल २–२ को रोमान्चक बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । दक्षिण अफ्रिका ओपनर क्विन्टन डि ककले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै ४३ बलमा छ चौका र दुई छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । डि कक बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

रिजा हेनड्रिक्स दुई र कप्तान टेम्बा बभुमा सात रनमा आउट भए । युवा ब्याट्सम्यान एडेन माक्ररम २० बलमा दुई चौका सहित २० रनमा आन्द्रे रसलको बलमा बोल्ड आउट हुन पुगे । रास्सी भान डर डुसेन छ, डेविड मिलर १२ र कागिसो रबाडाले १६ रन जोडे । मध्य गतिका बलर ड्वेन ब्राभोले चार ओभरमा १९ रन खर्चेर चार विकेट लिए । ब्राभोको यो टि२० आई करिअरको सर्वोत्कृष्ट प्रदर्शन हो । आन्द्रे रसेलले चार ओभरमा ३० रन खर्चेर दुई विकेट लिए । क्रिस गेल, आबेद म्याककोय र पोलार्डको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान पोलार्डले २५ बलमा दुई चौका र पाँच छक्का सहित ५१ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए । फेबिएन एलेन १३ बलमा दुई चौका र एक छक्का सहित १९ रनमा अविजित रहे । ओपनर लेन्डन सिमन्सले ३४ बलमा चार चौका र छक्का सहित ४५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

निकोलस पुरन १५ बलमा १६ रन, ईभिन लुइस सात, क्रिस गेल पाँच र शिम्रन हेटमायर सात रनमा आउट भए । आन्द्रे रसेल आठ बलमा एक चौका सहित नौं रनमा आउट भए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी र जर्ज लिन्डेले दुई दुई विकेट लिए । कागिसो रबाडा र एनरिच नोर्कियाको नाममा एक एक विकेट रह्यो ।

पहिलो खेलमा वेस्ट इन्डिज आठ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १६ रन र तेस्रो खेलमा एक रनले दक्षिण अफ्रिका विजयी भएको थियो । अन्तिम खेल शनिवार हुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.