4 years ago
July 3, 2021
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्ट सूचिमा परेका छन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने टि२० फ्रेन्चाइज लिगको ड्राफ्टमा सन्दीपसँगै बंगलादेशका अलराउन्डर सकिब अल हसन, दक्षिण अफ्रिका तबरेज शाम्सी, रासी भान डर डुसेन वेस्ट इन्डिजका शेल्डन कटरेल लगायतका स्टार खेलाडीले लंका प्रिमियर लिगको ड्राफ्टमा छन् ।

भारतीय पूर्व अलराउन्डर युसुफ पठान र ईरफान पठानका दाजुभाइले पनि आफ्नो नाम दर्ता गराएका छन् । वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन, शेर्फान रदरफोर्ड, अमेरिका तीव्र गतिका बलर अली खान, बंगलादेशका तमिम इकवाल, अष्ट्रेलिया बेन कटिङ लगायतका खेलाडी पनि ड्राफ्टमा छन् । दोस्रो संस्करणको लंका प्रिमियर लिग आगमी जुलाई ३० देखि २२ अगष्ट सम्म श्रीलंकामा चल्ने छ । डाफ्टको मिति भने श्रीलंका क्रिकेट बोर्डले सार्वजनिक गरेको छैन । गतवर्ष सन्दीपले आफ्नो नाम दर्ता गराएपनि छनोट भएका थिएनन् । कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोली छन् । पहिलो संस्करणमा गाल्ले ग्ल्याडियटर्सलाई ५३ रनले हराउँदै जाफानाले उपाधि जितेको थियो ।
सन्दीप इंग्ल्यान्डमा हुने द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट बाट खेल्ने छन् । द हन्ड्रेड २२ जुलाई देखि अगष्ट २१ सम्म चल्ने छ । सन्दीपको टोलीले लिग चरणको अन्तिम खेल अगष्ट १८ मा खेल्ने कार्यक्रम छ । यो अवस्थामा सन्दीप लंका प्रिमियर लिगमा छनोट भएका खेल्ने सम्भावना भने देखिदैन । यदी कुनै कारण वस एलपिएलको खेल पछि सर्न गएमा भने सन्दीप सहभागी हुन सक्ने छन् । भिसाको कारण टि२० ब्लास्ट गुमाएका सन्दीप द हन्ड्रेड भने समयमै जाने तयारी गरेका छन् ।
नेपालको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग हुने त्रिकोणात्मक ओडिआई सिरिज स्थगित भएसँगै सन्दीपले द हन्ड्रेन्डका पुरै खेल खेल्न वाटो खुलेको छ । सन्दीपले द हन्ड्रेडमा आफ्नो फ्रेन्चाइज लिगकै सर्वाधिक पारिश्रमिक १ लाख पाउन्ड (१ करोड ५० लाख ) नेपाली रुपैयाँ बराबर पाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]