4 years ago
July 4, 2021
एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध पाँच टि२० आई सिरिज ३–२ ले जितेको छ । अन्तिम तथा निर्णायक पाँचौं खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजलाई २५ रनले हराउँदै टि२० सिरिज उपाधि जितेको हो ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै १ सय ४३ रन बनाउन सक्यो । वेस्ट इन्डिजका ओपनर ईभिन लुईसले ३४ बलमा पाँच चौका र तीन छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । शिम्रन हेटमायरले ३१ बलमा एक चौका र दुई छक्का सहित ३३ रन बनाए । विकेटकिपर निकोलस पुरन २०, कप्तान काइरन पोलार्ड १३ र क्रिस गेल ११ रनमा आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर लुन्गी एनगिडीले चार ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए । कागिसो रबाडा र वियान मुल्डरले दुई दुई विकेट लिए । स्पिनर तबरेज शाम्सीले चार ओभरमा ११ रन खर्चेर एक विकेट लिए ।
त्यसअघि ग्रेनेडामा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । दक्षिण अफ्रिका युवा ब्याट्सम्यान एडेन माक्ररमले ४८ बलमा तीन चौका र चार छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै विकेटकिपर तथा ओपनर क्विन्टन डि ककले ४२ बलमा चार चौका र दुई छक्का सहित ६० रन जोडे ।
डि ककले चौथो खेलमा ६० र तेस्रो खेलमा ७२ रनको इनिङ खेलेका थिए ।

ओपनर तथा कप्तान टेम्बा बभुमा पहिलो ओभरको तेस्रो बलमै शून्यमा क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि डि कक र माक्ररमले १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । डेविड मिलर १६ बलमा एक चौका सहित १८ र वियान मुल्डर ९ रनमा अविजित रहे । रास्सी भान डर डुसेन एक रनमा आउट भए ।
वेस्ट इन्डिजका तीव्र गतिका बलर फिडेन एडवार्डसले तीन ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । ड्वेन ब्राभो र ओबेद म्याककोयले एक एक विकेट लिए । माक्ररम प्लेयर अफ द म्याच र शाम्सी प्लेयर अफ द सिरिज चुनिए ।
पहिलो खेलमा दक्षिण अफ्रिका ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा १६ रन र तेस्रो खेलमा एक रनले विजयी भएको थियो । चौथो खेलमा भने दक्षिण अफ्रिका २१ रनले पराजित भएको थियो । वेस्ट इन्डिजले अव अष्ट्रेलियासँग घरेलु मैदानमा पाँच टि२० आई र तीन ओडिआई खेलको सिरिज खेल्ने छ । पहिलो टि२० आई खेल आगमी शनिवार हुने छ । दक्षिण अफ्रिकाले आयरल्यान्डसँग समान तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्ने छ । पहिलो ओडिआई खेल आइतबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]