4 years ago
July 4, 2021
एजेन्सी – अमेरिकामा जारी एलए ओपन २०२१ च्याम्पियनसिप प्रतियोगितामा नेपाली क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा र स्पिनर वसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा नेपाली राइनोज अल स्टार्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिवार पहिलो खेलमा राइनोजले आरडियू स्याम्प आर्मीलाई ४६ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली अल स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । अल स्टार्सका स्मिथ पटेलले ६३ बलमा ११ चौका र २ छक्का सहित ९७ रनको अविजित इनिङ खेले । मुर्नाल पटेल २४, पृथु बाँस्कोटा २९ र नयिम योंगले १६ रन बनाए । आर्मीका एशले नर्शले दुई विकेट लिए ।
जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । उसका वेस्ट इन्डिजका खेलाडी रहेका एशले नर्शले ३६ बलमा ३ चौका र ८ छक्का सहित ७० रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । नेपाली अल स्टार्सका वसन्त रेग्मीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । तिमिल पटेल र अब्दूल्लाह घाजीले दुई दुई विकेट लिए । स्मिथ पटेल म्यान अफ द म्याच चुनिए ।

शनिवारनै अर्को खेलमा नेपाली अल स्टार्सले प्रेरी भ्यु हरिकेन्सलाई ४८ रनले पराजित गर्यो । सेभन क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाली अल स्टार्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । कप्तान पृथु बाँस्कोटाले ५६ बलमा ७ चौका र ३ छक्का सहित ७८ रनको अविजित इनिङ खेले । पृथुनै खेलको म्यान अफ द म्याच चुनिए । स्मिथ पटेल ४५ र नयिम योंगले २६ रन जोडे । हरिकेन्सका विलियम लुडिकले दुई विकेट लिए । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स १७.४ ओभरमा १ सय १९ रनमा अल आउट भयो ।

हरिकेन्सका सकलैन हैदरले सर्वाधिक ६१ रन बनाए । नेपाली अल स्टार्सका वसन्त रेग्मीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाए । तिमिल पटेल र अब्दूल्लाह घाजीले दुई दुई विकेट लिए । पहिलो खेलमा नेपाली अल स्टार्सले मास्टर्स ब्लास्टर्सलाई ६७ रनले पराजित गरेको थियो । उक्त खेलमा पृथुले ३ रन बनाउँदा वसन्तले एक विकेट लिएका थिए ।
समूह सी मा रहेको नेपाली राइनोज अल स्टार्स ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । एक खेल अगावै नेपाली अल स्टार्स क्वाटर फाइनलमा पुगि सकेको छ । समूह चरणको अन्तिम खेलमा नेपाली अल स्टार्सले आज राती एरिजोना सनसँग खेल्ने छ । क्वाटर फाइनलका खेल पनि आज रातीनै हुने छन् । सेमिफाइनल र फाइनल सोमबार राती हुने छन् । २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक टोलीबाट शीर्ष दुई दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । विजेता टोलीले ७५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]