default_image

4 years ago

October 9, 2021

चितवनलाई इपिएलको उपाधि

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

यो सँगै विजेताले चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्नेछन् । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराए । चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए । भीमको जारी इपिएलमा यो दोस्रो अर्धशतक हो ।

तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराएका थिए । किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए ।


चौथो विकेटका लागि भीम र दीलिप नाथले ५४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । दीलिप १८ रनमा क्याच आउट भए । दीलिपले १७ बलमा २ चौका प्रहार गरे । राजेश पुलामी मगर १२ बलमा १ चौका सहित १४ रनमा आउट हुन पुगे । पोखराका तीव्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो । पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए । सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसपछि पोखरा ब्याटिङ खासै सम्झन लायक रहेन ।

तीव्र गतिका बलर कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । छैटौं ओभरको अन्तिम बलमा साहन अर्चाचिगे साहब आलमबाट २ रनमा क्याच आउट भएका थिए । सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा अर्चाचिगे टप एज लागेर समातिन पुगे ।

स्पिनर सागर ढकालको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर विपिन रावल लङअफमा साहबबाट १७ रनमा क्याच आउट भएका थिए । विपिनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शेकुगे प्रसन्नाको १४ औं ओभरको दोस्रो बलमा किपिङ गर्नेक्रममा मोहम्मद शाहजादको औंलामा लागेपछि विकेटकिपर दीलिप नाथले गरेका थिए ।

कमलको १५ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका विवेक यादव लङअनमा सोमपालबाट ४ रनमा समातिन पुगेका थिए । एक बलपछि लोकेश बम एज लागेर विकेटकिपर दीलिप नाथबाट समातिदै गोल्डेन डक पेभिलिएन फर्केपछि पोखरा समस्यामा परेको थियो ।
कप्तान विनोद भण्डारीले २६ बलमा २ चौका सहित २२ रनमा आउट भए ।

तल्लोक्रमका विक्रम सोब १ र नन्दन यादव शून्यमा आउट भए । चितवनका कमलसिंह ऐरीले ३।५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र शेकुगे प्रसन्नाले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.