default_image

4 years ago

September 19, 2020

पहिलो खेलमा चेन्नई टस जित्दै फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणको उद्धघाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले चार विदेशी खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर साम करन, ओपनर […]

34 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणको उद्धघाटन खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । चेन्नईले चार विदेशी खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर साम करन, ओपनर शेन वाटसन, दक्षिण अफ्रिका ब्याट्सम्यान फाफ डु प्लेसिस र तीव्र गतिका बलर लुन्गी एनगिडीलाई मैदान उतारेको छ ।

रोहित शर्मा कप्तान रहेको मुम्बईले तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, जेम्श प्याटिनसन, अलराउन्डर काइरन पोलार्ड र विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककलाई मैदान उतारेको छ ।

चेन्नईको प्लेइङ ११ : मुरली विजय, शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायुडू, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र लुन्गी एनगिडी ।

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

Success

Thank you for your time.