default_image

4 years ago

September 19, 2020

चेन्नईलाई मुम्बईको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । सुरुवात राम्रो गरेपनि अन्त्यमा लगातार विकेट गुमाउँदा मुम्बई ठूलो […]

33 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । सुरुवात राम्रो गरेपनि अन्त्यमा लगातार विकेट गुमाउँदा मुम्बई ठूलो योगफल बनाउन चुकेको हो ।

ओपनर क्विन्टन डी कक र रोहित शर्माले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिएका थिए । स्पिनर पियुष चवलाले साम करनबाट राहित शर्मालाई १२ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । रोहितले १० बलमा २ चौका प्रहार गरे ।

लगत्तै छैटौं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर साम करनले अर्का ओपनर डी ककलाई शेन वाटसनबाट ३३ रनमा आउट गराए । डी ककले २० बलमा ५ चौका प्रहार गरे । दीपक चहरको ११ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव ठूलो सट खेल्ने क्रममा १७ रनमा करनको हातबाट बाउन्ड्री नजिकै समातिन पुगे ।

चेन्नईलाई रविन्द्र जडेवाले १५ औं ओभरमा दुई प्रमुख विकेट लिदैं खेलमा फर्काएका थिए । जडेजाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा सौरभ तिवारीलाई फाफ डु प्लेसिसले बाउन्ड्री छेउमा उत्कृष्ट क्याच लिदै ४२ रनमा पेभिलिएन फर्काए । तिवारीले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको पाँचौ बलमा हार्दिक पान्ड्या ठूलो सट खेल्ने क्रममा पुनः डु प्लेसिसले उत्कृष्ट क्याच आउटको शिकार हुँदै १४ रनमा पेभिलिएन फर्केका थिए । हार्दिकले १० बलमा २ छक्का प्रहार गरे ।

१७ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्यालाई लुग्नी एनगिडीले तीन रनमा महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । १९ औं ओभरको पहिलो बलमा एनगिडीले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई धोनीबाट १८ रनमा क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको सम्भावना टाढिएको थियो । पोलार्डले १४ बलमा समान १ चौका र छक्का प्रहार गरे । जेम्स प्याटिनसन ११ र ट्रेन्ट बोल्ट शून्यमा आउट भए । जस्प्रित बुमराह ५ रनमा अविजित रहे ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । दीकप चहरको ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

Success

Thank you for your time.