9 years ago
November 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ ले खेल आफ्नो पक्षमा पारेको थियो ।

आजको खेल गुमाएपछि माल्दिभियनसँग फाइनल पुग्नका लागि अझै एउटा सम्भावना बाँकी छ । टोलीले अर्को खेलमा पुलिस क्लबसँग खेल्ने छ । पुलिसले नेपाली दुई खेलाडी अरुणा शाही र मञ्जु गुरुङको टोली फायस्दालाई आइतबार हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । पुलिस र माल्दिभियनबीचको विजेताले बिहीबार मिस्कियागुसँग फाइनल खेल्नेछ । मिस्कियागु इजीले लिग चरणमा पनि माल्दिभियनलाई हराएको थियो । अर्को खेलमा भने माल्दिभियनले पुलिसलाई सोझो सेटमा पराजित गरेको थियो । लिग चरणमा माल्दिभियन शीर्षस्थानमा रहेको थियो भने मिस्कियागु इजी दोस्रो, पुलिस तेस्रो र फायस्दा चौथो स्थानमा रहँदै च्याम्पियनसिपका लागि छनोट भएका थिए । प्रतिभा र कोपिलाको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबलकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार लिग चरणपछि सबै टोली खेलाडी थपेको छन् । एउटा टोलीले दुई विदेशी खेलाडी खेलाउन पाउनेछन् । मिस्यिागु इजीले पनि एक थाइल्यान्डकी खेलाडीलाई टोलीमा समावेश गरेको छ । तीनै खेलाडी सोमबारको खेलमा मस्ट भ्यालुयवल प्लेयर घोषित भएकी थिइन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]