9 years ago
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो ।

प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार मिस्कियागु इजीले २५–२०,२५–२२,२३–२४ र २५–२० ले नतिजा आफ्नो पक्षमा पारेको थियो । फाइनलमा पनि प्रतिभा प्लेयर अफ दी म्याच चुनिइन् । दुई दिनअघि पुलिससँग पराजित भएको माल्दिभियन स्पोर्टस् एन्ड रिक्रियसन क्लब च्याम्पियनसिपमा तेस्रो बनेको थियो । नेपाली अन्य दुई खेलाडी अरुण शाही र मञ्जु गुरुङ सम्मिलित फेयस्दा च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएर बाहिरिएको थियो ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]