4 years ago
February 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक सफल प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) टिम द रिअल सोल्जर्स (डिआरएस) ले आफ्नो टोलीमा परिवर्तन गरेको छ ।

डिआरएसका सिइओ भिक्टर पौडेलले एक विज्ञप्तिमार्फत बुधबार डिआरएसले टोलीमा परिवर्तन गरेको जानकारी दिएका हुन् । डिआरएसले यसअघि टोलीमा रहेका युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) लाई फुकुवा गर्दै नयाँ खेलाडी अनुबन्ध गरेको हो । डिआरएस टोलीमा रहेका खेलाडीलाई विदेशी टोलीबाट अनुबन्धनको प्रस्ताव आएसँगै प्रक्रिया सहज बनाउन फुकुवा गरिएको सिइओ पौडेलले जानकारी दिए ।
डिआरएसको टोलीमा नयाँ खेलाडीको रुपमा सुविन श्रेष्ठ (रुल्ज), दीपेश गुरुङ (डेल्टा), विश्वास कर्माचार्य (रिपर), छिरिङ दोर्जे दोङ (रेबेल) र साहस भण्डारी (किलर वाईटी) अनुबन्धित भएका छन् । नेपालमा ई स्पोर्ट्सलाई संस्थागत रुपमा अघि बढाउन स्थापित डिआरएसले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । गत चैतमा मात्र डिआरएसले संस्थागत रुपमा अन्तर्राष्ट्रिय सहभागिता जनाउने घोषणा गर्दै खेलाडी अनुबन्धन औपचारिक रुपमा सुरु गरेको थियो ।

डिआरएस छोडेका खेलाडीलाई स्काइलाइट्ज गेमिङले अनुबन्धन गर्ने बुझिएको छ । यद्यपि डिआरएसले बिदाइ भएर जाने खेलाडीलाई सधैं परिवारको रुपमा रहेको र ढोका खुल्ला रहने जनाएको छ ।
डिआरएसले कोभिड-१९ को महामारीको बिच पनि एक वर्षको अन्तरालमा १ करोडभन्दा माथि पुरस्कार राशी जित्न सफल भएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको नाम उच्च पार्न भने सफल डिआरएसले आउने दिनमा पनि सोही नतिजा निरन्तरता दिन प्रयास जारी राख्ने बताएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]