9 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– हालै भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भएकी सलिना श्रेष्ठलाई नेपाल भलिबल संघले आइतबार बधाई दिएको छ । नेपाल विद्यालय भलिबल कमिसन गठन घोषणाको अवसरमा संघले श्रेष्ठलाई बधाई दिएको हो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा,उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीले वधाई दिएका थिए ।

भलिबलकी मुख्य प्रशिक्षक सलिना श्रेष्ठ (बायाँ) लाई बधाई दिदै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा । साथमा संघकी उपाध्यक्ष निरोज मास्के ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघिका मुख्य प्रशिक्षक सुदेश रिमाललाई उपनिर्देशकमा बढुवाको गरेको थियो । त्यसपछि राखेपले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । नेपालमा १७ बर्षअघि भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ हालको साग) मा महिला राष्ट्रिय टोलीले कास्य पदक जित्दा श्रेष्ठ प्रशिक्षक थिइन् । २०४६ सालमा राखेपमा भलिबल प्रशिक्षकका रुपमा नियुक्त भएकी श्रेष्ठ ०६३ मा वरिष्ठ प्रशिक्षकमा बढुवा भएकी थिइन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]