9 years ago
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको दोलालघाटमा जारी पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तीन विभागिय टोली (एपिएफ, पुलिस र आर्मी) का समान २ टोली तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ,पुलिस र पुर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चल महिलातर्फको अन्तिम आठमा पुगेका छन् ।

मध्यमाञ्चलका जितेन्द्र श्रेष्ठ
पुलिस एका कोपिला उप्रेती र कमला पुनको जोडीले आर्मीका जानकी भण्डारी र मनिसा खाँडको जोडीलाई २१–१४ र २१–१३ पराजित गर्यो । एपिएफ एकी नेभिका चौधरी र सरस्वती चौधरीको जोडीले मध्यपश्चिमाञ्चलका लिला खत्री र अमृता विष्टको जोडीलाई २१–७ र २१–१० ले हरायो । क्वार्टरफाइनलमा नेभिका र लिलाको जोडीले अब कोपिला र कमलाको जोडीको सामना गर्नेछन् । एपीएफ बीका रेश्मा भण्डारी र निसाना बलालको जोडीले सुदुरपश्चिमाञ्चल बीका पुनम चन्द र रीता बोहराको जोडीलाई २१–७ र २१–८ ले हरायो । पुलिस बीकी निता शाह र मनिषा चौधरीको जोडी र मध्यमाञ्चल एका वर्षा थापा र अजिता ठकुरीको जोडीबीच ,एपीएफ बीका रेश्मा र निसानाको जोडी र पुर्वाञ्चलकी भूमिका मुडेल र विपना राजवंशीको जोडीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष क्वार्टरफाइनलमा एपीएफ एका सुरेश चौधरी र मिलन मल्लको जोडीले सुदुरपश्चिमाञ्चलका गंगा अवस्थी र योगेश शाहीको जाडी प्रतिस्पर्धा हुनेछ । एपीएफ बीका लक्ष्मण राना र दिनेश गीरीको जोडीले आर्मी बीका दिल सुनार र दुर्गा महत्तोको जोडीको सामना गर्नेछ । आर्मी एका दिप खड्का र रिसीधन मगरको जोडीले पुलिस बीका ध्रुव पौडेल र दिपक जोशीको जोडीको चुनौतिको सामना गर्नुपर्नेछ । त्यस्तै पुलिस एका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडी र पश्चिमाञ्चलका रमेश केसी र घनश्याम चोधरीको जोडीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ सुदुरपश्चिमालका गंगा अवस्थी र योगेशको जोडीले मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीलाई २२–२० र २१–१९ को झिनो अन्तरले हरायो । एपिएफ बीका लक्ष्मण र दिनेशको जोडीले मध्यमाञ्चल बीका राजेन्द्र शर्मा र दमन केसीको जोडीलाई २१–१२ र २१–१२ ले हरायो । आर्मी बीका दिल र दुर्गाको जोडीले मध्यपश्चिमाञ्चल एका टेक राना र विक्रम साउदको जोडीलाई २१–१३ र २१–११ ले पराजित गर्यो । त्यस्तै आर्मी एका दिप र रिसीधनको जोडीले मध्यपश्चिमाञ्चलको इश्वर खड्का र मनिराम चौधरीको जोडीलाई २१–११ र २१–११ ले तथा पुलिस एका चन्द्र र प्रज्वलको जोडीले पुर्वाञ्चल बीका दिपेन मल्लिक र नितेश धिमालको जोडीलाई २१–२ र २१–१३ ले हरायो । नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]