9 years ago
December 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् ।

दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र २१–११ ले हराएको थियो । अर्को सेमीफाइनलमा दिल र दुर्गाको जाडीले एपिएफका सुरेस चौधरी र मिलन मल्लको जोडीलाई २१–१४ र २१–१६ ले पराजित गरेको थियो ।
त्यस्तै पाचौँ महिला राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाली पुलिसकी कोपिला उप्रेती र कमला पुनको जोडी तथा एपीएफकी रेश्मा भण्डारी र निसाना बलालको जोडीबीच प्रतिस्पर्धा हुने भएको छ ।
काभ्रेको दोलालघाटस्थित इन्द्रवती खोला किनारमा जारी भलिबलमा शुक्रबार कोपिला र कमलाको जोडीले आफ्नै विभागकी निता शाह र मनिषा चौधरीको जोडीलाई २१–१५ र २१–१० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । अर्को सेमिफाइनलमा एपिएफकी रेश्मा र निसानाको जोडीले पश्चिमाञ्चलकी अरुणा शाही र मञ्जु गुरुङको जोडीलाई २१–१५ र २१–१२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतियोगिता नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भइरहेको छ ।

December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]