9 years ago
December 3, 2016
कमला र दिल उत्कृष्ट खेलाडी
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ को सोझो सेटमा हराएको थियो । पुरुषतर्फ दिल र दुर्गाको जोडीले आफ्नै विभागका दिप खड्का र रिसीधन थापा मगरको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा हराए । दुवैतर्फको विजेता जोडीले २५ हजार दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा प्रतियोगितामा पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीले एपिएफका सुरेश चौधरी र मिलन मल्लको जोडीलाई २१–१२ र २१–१७ ले हरायो । महिलातर्फ भने पश्चिमाञ्चलका मञ्जु गुरुङ र अरुणा शाहीको जोडीले पुलिसकी निता शाह र मनिषा चौधरीको जोडीमाथी २–१ ले हरायो । पहिलो सेटमा २१–११ गुमाएपनि पश्चिमाञ्चलले अन्तिम दुई सेट २१–१६ र १५–११ ले जितको थियो । दुवैतर्फ तेस्रो हुने टोलीले समान १० हजार रुपैयाँ पाए । महिलामा कमला पुन तथा पुरुषमा आर्मीका दिल सुनार प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए र दुवैले समान ५ हजार रुपैयाँ पाए ।
नेकपा एमालेका सचिव योगेश भटृराई,नेपाल भलिबल सघंका अध्यक्ष मनोरञ्जन रमन शर्मा,उपाध्यक्ष रञ्जन खड्का तथा महासचिव जितेन्द्र चन्द र काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तिर्थ लाल श्रेष्ठ लगायतले खेलाडीलाई पुरस्कृत गरे । चार दिन सम्म चलेको राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपअन्तर्गत महिलाको पाँचौं र पुरुषको छैटौं संस्करणमा महिलातर्फ १४ र पुरुषतर्फ १५ टोलीको सहभागिता थियो ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]