default_image

4 years ago

June 12, 2022

नेपालविरुद्ध टेलरको सानदार शतक

189 views

0 Bookmark

एजेन्सी – अमेरिकाका बायाँ हाते ओपनर स्टिभन टेलरको आइसिसी विश्वकप लिग २ मा नेपालविरुद्ध सानदार शतक प्रहार गरेका छन् । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ३८ ओभरमा १ विकेट गुमाउँदै २ सय ७ रन बनाएको छ ।

अमेरिका स्टिभन टेलर १ सय १५ बलमा ९ चौका र ३ छक्कासहित १ सय २ रनमा अविजित छन् । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी हुन् ।

त्यस्तै कप्तान मोनांक पटेल ९८ बलमा ३ चौका र २ छक्कासहित ७४ रनमा अविजित छन् । पटेल ओडिआई करिअरको तेस्रो र लगातार दोस्रो शतक नजिक छन् । दोस्रो विकेटका लागि पटेल र टेलरले १ सय ८१ रनको सानदार शतकीय साझेदारी गरेपछि नेपाल हार नजिक छ ।

पहिलो विकेटका लागि सुशान्त मोदानी र टेलरले ५.४ ओभरमा २६ रनको साझेदारी गरेका थिए । ओमानविरुद्ध शतकीय इनिङ खेलेका मोदानी सोमपाल कामीको बलमा १७ रनमा कट एण्ड बोल्ड आउट भए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको इनिङ खेलेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.