3 years ago
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आठौं पुर्ण बैठकले गण्डकी प्रदेशका सेटर सुजन चोखाल तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

संघको पूर्ण बैठकले गत वैशाखमा काठमाडौंमा सम्पन्न एनभिए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुर्व्यवहार गरेका खेलाडीलाई प्रतिबन्ध गर्ने भएको हो । निर्णय अनुसार गण्डकीका सुजनलाई विहीबारदेखि लागु हुने गरी १ वर्षको प्रतिबन्ध तथा विनित र रोहितलाई संघले आयोजना गर्ने एनभिए क्लब च्याम्पियनसिप र लिगसम्म प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
सुजनले अब १ वर्षसम्म नेपाल भलिबल संघले मान्यता दिएको कुनै पनि प्रतियोगिता खेल्न पाउनेछैनन् । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा रहेको ५ सदस्यीय अनुशासन कमिटिले पेश गरेको प्रस्तावलाई संघको बैठकले पारित गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताईन् ।

यस्तै एसियन रेफ्री क्यान्डिडेट पूर्ण प्रसाद चौलागाईं र राष्ट्रिय रेफ्री कपिल जिसीले रेफ्री कमिसनका प्रमुख गौतम लासिवासमक्ष स्पष्टिकरण दिनुपर्ने छ । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभए आवश्यक कारवाहीको प्रक्रिया थालिने उपाध्यक्ष मास्केले बताईन् ।
यस्तै खेल दौरान कालोपट्टी बाँधेको विषयमा रेफ्रीलाई पनि स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए संघले नै निलम्बन गर्ने तयारी भइरहेको छ । यसै विषयमा हेल्प नेपालका अध्यक्ष बासु श्रेष्ठलाई स्पष्टिकरण बुझाउन एक साताको समयसीमा दिइएको र उक्त समयमा चित्तबुझ्दो जवाफ नआए आवश्यक कारवाही प्रक्रिया अघि बढाउने उपाध्यक्ष मास्केले थपिन् । बागमती प्रदेशको विषयलाई ५ दिनको समय दिइएको छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]