default_image

9 years ago

December 19, 2016

नेपाली पुरुष भलिबल टोली बंगलादेश जाँदै

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)– एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ । बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

volley-ball

सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा भाग नलिने आफुलाई जानकारीमा आएको भट्टले हाम्रो खेलकुदलाई बताए । बाँकी ८ मध्ये ६ राष्ट्रको सहभागिता निश्चित भएको र अन्यका बारेमा त्यहि गएर मात्र थाहा हुने उनले जनाए । नेपालसहित माल्दिभ्स, अफगानिस्तान, आयोजक बंगलादेश, किर्गिस्तान र तुर्किमिनिस्तानको सहभागिता निश्चित भइसकेको भट्टले बताए ।

नेपाली टोलीको लक्ष्यका बारेमा उनले भने,‘हामी पक्कै पनि पदकको लक्ष्य सहित जाँदै छौं । हामी, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश शारीरिक र प्राविधिक रुपमा धेरै फरक छैनौं । यत्ति हो अनुभव उनीहरुसँग हामी भन्दा अलि बढी छ ।’ अघिल्लो बर्षको प्रदर्शनका आधारमा पनि पदकको सम्भावना रहेको उनको भनाई छ ।

‘हामी गत बर्ष पनि सेमिफाइनल पुगेका थियौं । अन्तमा तेस्रो स्थानको प्रतिस्पर्धामा पाँच सेटमा पुगेर हामी हारेका थियौं’ उनले थपे,‘पछिल्ले ५० दिन देखि हामी अभ्यासमा छौं । आशा गरौं यसपटक पदक जित्न सकिन्छ ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार टोलीको विदाई गरेका थिए ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.