9 years ago
December 21, 2016
काठमाडौं (हाम्रो खलकुद)– माल्दिभ्सविरुद्ध उत्रदै नेपालले बिहीबारबाट सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमाको यात्रा सुरु गर्ने भएको छ । सुरुमा १२ भनिएपनि च्याम्पियनसिपमा ५ देशको मात्र सहभागित हुने भएको छ । च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, अफगानिस्तान र आयोजक बंगलादेशको मात्र सहभागिता रहेको छ ।

बुधबार भएको ड्र अनुसार पहिलो खेल आयोजक बंगलादेश र अफगानिस्तानबीच हुने भएको छ अर्को खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । लिग कम कआउटका आधारमा हुने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेश, शनिबार अफगानिस्तान र अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली मंगलबार राती बंगलादेशको ढाका पुगेको थियो । टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टका अनुसार दिउँसो ३ बजे नेपाली टोलीले अभ्यास गर्नेछ । नेपाली टोलीको लक्ष्यका बारे भट्टले उनले भने,‘हामी पक्कै पनि पदकको लक्ष्य सहित जाँदै छौं । किर्गिस्तान स्तरीय टोली हो । हामी, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश शारीरिक र प्राविधिक रुपमा धेरै फरक छैनौं । यत्ति हो अनुभव उनीहरुसँग हामी भन्दा अलि बढी छ ।’
अघिल्लो बर्षको प्रदर्शनका आधारमा पनि पदकको सम्भावना रहेको उनको भनाई छ । इम रानाको कप्तानीमा रहेको टोलीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा पनि टोलीसँगै छन् ।

December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]