default_image

9 years ago

December 21, 2016

खेलाडीको मनोबल उच्च छ– भलिबल प्रशिक्षक भट्ट

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको एक दिन अघि बुधबार नेपाली टोलीले अभ्यास गरेको छ । अभ्यास सन्तोषजनक रहेको जानकारी दिदै टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले फोनमा हाम्रो खेलकुदलाई भने,‘खेलाडीको मनोबल उच्च छ , जितको लक्ष्यका साथ कोर्टमा उत्रनेछौं ।’ नेपाली टोली मंगलबार राती ढाका पुगेको थियो ।

mens-volleyball-team
बिहीबार माल्दिभ्सविरुद्ध उत्रदै नेपालले सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमाको यात्रा सुरु गर्नेछ । च्याम्पियनसिपमा ५ देशको मात्र सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, अफगानिस्तान र आयोजक बंगलादेशको मात्र सहभागिता रहेको छ ।

बुधबार भएको ड्र अनुसार पहिलो खेल आयोजक बंगलादेश र अफगानिस्तानबीच हुने भएको छ अर्को खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । लिग कम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेश, शनिबार अफगानिस्तान र अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । इम रानाको कप्तानीमा रहेको नेपाली टोलीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा पनि टोलीसँगै छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.