default_image

9 years ago

December 22, 2016

नेपालले सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सको सामना गर्दै

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशको ढाकामा आज सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र माल्दिभ्सको खेल बंगलादेशको स्थानिय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

vb
इम रानाको कप्तानीमा रहेको नेपाली पुरुष टोली मंगलबार ढाका पुगेको थियो । टोली बुधबार केही समय अभ्यासमा बिताएको थियो । टोलीका प्रशिक्षक जगदिश भट्ट पहिलो खेललाई लिएर उत्साहित छन् । उनले भने,‘हामी पहिलो खेलका लागि तयार छौं र जितको लागि पुरा प्रयास गर्नेछौं । खेलाडीको मनोबल पनि उच्च छ । ’
च्याम्पियनसिपमा ५ देशको मात्र सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपाल, माल्दिभ्ससहित सहित किर्गिस्तान, अफगानिस्तान र आयोजक बंगलादेशको सहभागिता छ । बिहीबार आयोजक बंगलादेश र अफगानिस्तानबीच पहिलो खेल भएको थियो ।

vb-1
लिग कम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेश, शनिबार अफगानिस्तान र अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली कप्तान इमसहित हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.