9 years ago
December 22, 2016
काठमाडौं (हाम्रो खलकुद)– नेपालले जितबाट बंगलादेशको ढाकामा बिहीबार सुरु भएको बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ । प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको छ ।

नेपाल २६–२४,१५–२५,२५–१९ र २६–२४ विजयी भएको थियो । प्रतिस्पर्धात्मक पहिलो सेटमा झिनो अन्तरको जित हासिल गरेको नेपालले दोस्रो सेटमा फराकिलो अन्तरले गुमाएको थियो । तेस्रो सेटमा नेपाल पुनः खेलमा फर्केको नेपालले चौथो सेट पनि आफ्नो पक्षमा पारेको थियो ।
च्याम्पियनसिपमा ५ देशको मात्र सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपाल, माल्दिभ्ससहित सहित किर्गिस्तान, अफगानिस्तान र आयोजक बंगलादेशको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेश, शनिबार अफगानिस्तान र अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।
सबैले एकअर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । इम रानाको कप्तानीमा रहेको नेपालीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]