default_image

9 years ago

December 22, 2016

अपेक्षा भन्दा स्तरीय प्रदर्शन गरे – मुख्य भलिबल प्रशिक्षक भट्ट

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेलाडी र प्रशिक्षकका रुपमा दुई दशक भन्दा बढी समय भलिबलमा बिताइसकेका जगदिश भट्टका लागि बिहीबार विशेष दिन थियो । प्रशिक्षकका रुपमा भट्टका लागि बिहीबार सबैभन्दा खुसीको दिन थियो । बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराएको थियो ।

jb22

पटक पटक राष्ट्रिय टोलीको सहयाक प्रशिक्षक रहिसकेका ४३ बर्षे भट्टले यसपटक मुख्य प्रशिक्षकको जिम्मेवारी लिदै बंगलादेश पुगेका थिए । उनको लागि मुख्य प्रशिक्षक जति चुनौतिपूर्ण जिम्मेवारी थियो त्यति नै अवसर पनि । च्याम्पियनसिपमा नेपालको यात्रा कहाँ सम्म पुग्छ अहिले भन्ने अवस्था छैन, तर एउटा प्रशिक्षकका रुपमा जितबाट च्याम्पिनसिपको यात्रा प्रारम्भ गर्नु टोली र भट्टका लागि विशेष थियो ।

jb11

माल्दिभ्सलाई २६–२४,१५–२५,२५–१९ र २६–२४ ले हराउँदा टोलीले निकै चतुर्याइपूर्वक खेलेको भट्ट बताउँछन् । पूर्व राष्ट्रिय खेलाडी उनले भने, ‘’माल्दिभ्स बलियो टोली हो । त्यस्तो टोलीलाई हराउन सहज थिएन । म धेरै खुसी छु ।’ मुख्य प्रशिक्षकका रुपमा टोलीको पहिलो खेलअघि दबाब भन्दा पनि बढी उत्साहित रहेको अनुभव सुनाए । ‘दबाब त हुन्छ नै । खेल जीवनमा पनि त्यस्ता धेरै दबाबका बीच खेलियो’ उनले सुनाए,‘तर यसपटक पहिलो पटक मुख्य प्रशिक्षकको जिम्मेवारीमा म दबाबमा भन्दा बढी उत्साहित थिए । सुरुआत राम्रै भएको छ ।’

jb13

उनले नेपाली टोली अ‍ेपक्षा भन्दा निकै स्तरीय प्रदर्शन गरेको बताए । उनले थपे ‘सबै खेलाडीले सतप्रतिसत दिएर खेले । त्यसै कारण सफलता पनि मिल्यो । टिम इफोर्टनै जितको मुख्य कारण हो ।’नेपालले शुक्रबार आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ३–१ ले हराएको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.