9 years ago
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सत्र बर्ष माल्दिभ्सलाई हराएको नेपाली भलिबल टोलीले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा शुक्रबार अजना भएको आयोजक बंगलादेशको सामना गर्दैछ । बंगलादेशको ढाकामा जारी च्याम्यिनसिपमा नेपाल र बंगालदेशबीचको खेल स्थानिय समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो दिन माल्दिभ्सलाई ३–१ ले हराएको थियो । सन् १९९९ यता भलिबलमा नेपालले माल्दिभ्सलाई हराएको यो नै पहिलो हो । बंगलादेशले पहिलो खेल अफगानिस्तानलाई ३–१ ले हराएको थियो । गत बर्ष सेन्ट्रल जोनमा पहिलो पटक भाग लिदा नेपालले बंगलादेशलाई हराएको थियो । त्यति बेला नेपालको मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठ थिए ।
इम रानाको कप्तानीमा रहेको टोलीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् । कप्तान इमले पहिलो खेलको जितले बाँकी खेलमा टोलीको आत्मविश्वास बढ्ने बताए ।
टोलीको मुख्य प्रशिक्षक जगदिश भट्ट दोस्रो खेलमा पनि सफलता प्राप्त गर्नेमा आशावादी छन् । ‘ अफगानिस्तान बलियो टोली हो । तर पनि हामी जितका लागि प्रयास गर्नेछौं’ भट्टले भने, ‘माल्दिभ्ससँगको जितले टोलीको मनोबल थप उच्च भएको छ ।’
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]