3 years ago
October 9, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनय पत्र दर्ता गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनकोतर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि पनि उनी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभामा गरि अन्य एक दर्जन पूर्व खेलाडी र खेल पदाधिकारीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । गठनबन्धनकै तर्फबाट नेकपा समावादीका नेता संस्कृती पर्यटन तथा उड्यन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र नं १ का उम्मेदवारी दिएका छन् ।

संघिय सांसदका खेलकर्मी उम्मेदवार
-जीवनराम श्रेष्ठ, नेकपा समाजवादी (काठमाडौं क्षेत्र नं ८)
-महेश्वरजंग गहतराज (अथक), माओवादी केन्द्र (बाँके क्षेत्र नं. १)
-कमल थापा, राप्रपा नेपाल (मकवानपुर क्षेत्र नं १)
-ध्रुबबहादुर प्रधान, राप्रपा (नवलपारी पश्चिम क्षेत्र नं २)
-रमेश खरेल, नेपाल सुशासन पार्टी ( काठमाडौं क्षेत्र नं १)
-ध्रुबविक्रम मल्ल, राप्रपा (काठमाडौं क्षेत्र नं ७)
प्रदेश सांसदका खेलकर्मी उम्मेदवार
-सुरेन्द्र हमाल, नेपाली कांग्रेस (बाँके क्षेत्र नं २,क)
-दीर्घबहादुर केसी (कुमार), नेपाली कांग्रेस ( रुपन्देही, क्षेत्र नं २,क )
-मीनकृष्ण महर्जन, नेपाली कांग्रेस (ललिपुतर १,ख)
-भीम ओली, नेकपा एमाले ( बाँके क्षेत्र नं ३ ख)
-प्रकाश बराल, नेपाल कांग्रेस ( कास्की क्षेत्र नं ३,ख)
-दीपक कोइराला, नेकपा माओवादी (कास्की क्षेत्र नं १, क)
-अशोक खड्का, स्वतन्त्र (काठमाडौं क्षेत्र नं २,ख)
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]