9 years ago
December 23, 2016
दिपेन्द्र पोखरेल
विराटनगर– सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको पहिलो दिन शुक्रबार सशस्त्र प्रहरी बल (एपिएफ) का लागि सुखद रह्यो । क्रिकेट र फुटबल दुवै खेलमा एपिएफले दोहोरो जित हासिल गरेको छ । चारै खेलमा एपिएफले शतप्रतिशत नतिजा हात निकालेको हो ।
महिला फुटबल
महिला फुटबल अन्तर्गतको खेलमा बिभागिय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई ३–०ले पाखा लगाउदै प्रतियोगितको फाइनल प्रवेश गर्यो ।

महिला क्रिकेट
महिला क्रिकेटमा एपिएफले मध्यमाञ्चललाई ६१ रनले हरायो । टस जितेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय १५ रन जोडेको थियो । एपिएफको लागि सरिता मगरले ४३ रन र बिनु बुढा मगरले ३३ रन बनाइन् । जवाफमा मध्यमाञ्चलले ५४ रन बनाउदै सबै विकेट गुमायो । एपिएफको लागी सोनु खड्काले ३ र करुण भण्डारिले २ विकेट लिए ।
दोस्रो खेलमा आयोजक पूर्वाञ्चलले पश्चिमाञ्चललाई ६६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४ रन बनायो । रोमा थापाले ५२ र रश्मी चौलागाइले २० रन जोडे ।
पुरुष फुटबल
धरान स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पुरुष फुटबलमा समुह ‘ख’को खेलमा एपिएफले मध्य पश्चिमाञ्चललाई ८–० ले हरायो । एपिएफका लागी युवराज खड्काले ४ गोल गरे ।

पुरुष क्रिकेट
पुरुष क्रिकेट अन्तर्गतको खेलमा राष्ट्रिय टोलिका स्टार खेलाडीले भरिपुर्ण एपिएफले मध्य पश्चिमाञ्चलाई २६ रनले पराजित गरेको थियो ।
सातौ राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको भोली दोस्रो दिन शनिबार एथ्लेटिक्सका खेलहरु हुँदै छ । पाँच विकास क्षेत्र र तीन विभागिय गरि ८ टोलीले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]