3 years ago
October 16, 2022
विजय नेपाली, पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यातायातको व्यवस्थापन राम्रो नहुँदा खेलाडीले सास्ति खेप्नुपरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएका विभिन्न खेलमा खेलाडीका लागि यातायातको व्यवस्थापन गतिलो हुँदा खेलाडीले सास्ति खेप्न बाध्य भएका हुन् ।

प्रदेश नं. १ को हक्की टोली आइतबार खेल जितेपछि यातायात व्यवस्थापन नहुँदा १ घण्टाबढी अलपत्र परे । पोखरा लामाचौरमा भएको हक्की खेलमा खेलाडी बोकेर आएको बस हिँडेपछि उक्त स्थानमा रहेको दुई वटा बसले लान नमान्दा प्रदेश १ को टोली अलपत्र परेका हुन् ।
प्रदेश नं. १ महिला हक्की टोलीकी म्यानेजर गंगा कोइराला भुर्तेलले खेल स्थलमा दुई वटा बस खाली रहेपनि आफुहरुलाई लैजान नमानेको सुनाइन् । ‘राखेपले खटाएको दुई वटा गाडी यहि छ । तर खाली हुँदापनि हामीलाई लगेन । हामी १ घण्टाबढी समय देखी पर्खेर बस्यौं । हामीलाई लैजाउ भन्दा बस चालकले लानै मानेनन् । गाडी हुँदा हुँदैपनि हामी कुरेर बस्न बाध्य भयौँ’ उनले भनिन्,‘सबै बेथिति रहेछ । यातायातको व्यवस्था परिषद्ले गर्यो होला तर हामीले आज बस नै पाएनौं ।’
आर्मीको टिम लिएर आएको बसले लान नमानेको उनको भनाइ छ । विहान केही पनि नखाई खेल्न आएका खेलाडी खेलेर थकित भएको अवस्थामा समेत खेलाडी अलपत्र पर्नुपरेको हो । ‘बस चालकले नै किन हो लान मानेनन् । हाम्रो महिला र पुरुषको टिम लिएर आएको गाडी हेम्जा गयो । हामीले कुरेर बस्यौं । आर्मीको टिम लिएर आएको रहेछ । अहिले आर्मी महिलाको खेल थियो । पुरुषहरु हेम्जाबाट यहाँ महिलाको खेल हेर्न आएका रहेछन्,’ भनिन् भने ।

आर्मीको टिमलाई लिएर आएको बसका चालकले आर्मीका खेलाडीलाई छाडेर जान नमानेको बताए । त्यतिमात्र होइन् प्रदेश नं. १ का खेलाडीहरुसँग किट नहुँदा ८ जना खेलाडी मात्रै खेल्न बाध्य भएका थिए । ११ जना खेल्ने भएपनि आवश्यक खेल सामग्रीको अभावमा थोरै खेलाडी लिएरै खेल्न बाध्य भएको हो । पछि मागेर उनीहरुले पूर्ण सेट तयार पारेका थिए । उक्त खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । यो सँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेशका खेलाडीहरु समेत घाइते छन् । टिम कप्तान सिर्जना तामाङ, रञ्जना चौधरी राजवंशी घाइते छन् ।
प्रदेश १ मात्रै होइन् एनआरएनको फुटबल टोली समेत यातायातको व्यवस्था नहुँदा ढिला गरि पुगेका थिए । यद्यपी उक्त खेल भने प्रोटेस्ट परेका कारण रद्द भएको थियो । पूर्वाधार अभावकै बीच भएको खेलमा यस अघि पनि हक्की खेलमा खेलाडीका लागि जर्सी समयमा नआउँदा ७ घण्टा खेल रोकिएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]