9 years ago
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगलादेशको ढाकामा जारी बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिको सम्भावना कायम राख्न नेपालका लागि शनिबारको खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपालले आज बंगलादेशको स्थानिय समय अनुसार दिउँसो ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई २६–२४,१५–२५,२५–१९ र २६–२४ ले हराएको नेपालले बंगलादेशको खेल २५–२१,२५–२० र २५–२३ ले गुमाएको थियो ।
नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले अफगानिस्तानलाई हराउन हरसम्भव प्रयास गर्ने बताएका छन् । गत बर्ष यहि च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई हराएको थियो । ‘अफगानिस्तान पहिला भन्दा बलियो भएको छ । यो च्याम्पियनसिपका लागि इरानमा तयारी गरेर फर्केको छ’ भट्टले भने,‘तर हामी पुनः जितमा फर्कनका लागि प्रयास गर्नेछौं । प्रतियोगितामा अघि बढ्नका लागि पनि यो खेल महत्वपूर्ण छ ।’ अफगानिस्तानले अघिल्ला दुवै खेल गुमाइसकेको छ ।

च्याम्पियनसिपमा नेपाल, माल्दिभ्ससहित सहित किर्गिस्तान, अफगानिस्तान र आयोजक बंगलादेशको सहभागिता छ । लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । इम रानाको कप्तानीमा रहेको नेपालीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]