default_image

9 years ago

December 24, 2016

सेन्ट्रल जोन भलिबलमा नेपाललाई दोस्रो सफलता, अफगानिस्तानको हार रोकिएन

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद) – नेपालले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा अर्को सफलता हासिल गरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा शनिबार साँझ नेपालले अफगानिस्तानलाई ३–२ ले हराएको छ । नेपाल २५–२१,१८–२५,२५–१४,१९–२५,१५–१३ ले विजयी भएको थियो । तीन खेलमा नेपालको यो दोस्रो जित हो । यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।

nepal-won
पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई २६–२४,१५–२५,२५–१९ र २६–२४ ले हराएको नेपालले बंगलादेशको खेल २५–२१,२५–२० र २५–२३ ले गुमाएको थियो । अफगानिस्तानले लगातार तीन खेल गुमाइसकेको छ ।
च्याम्पियनसिपमा नेपाल, माल्दिभ्ससहित सहित किर्गिस्तान, अफगानिस्तान र आयोजक बंगलादेशको सहभागिता छ । लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । इम रानाको कप्तानीमा रहेको नेपालीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.