default_image

9 years ago

December 26, 2016

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न नेपालले किर्गिस्तानलाई हराउनै पर्ने

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न नेपालका लागि किर्गिस्ताविरुद्ध सोमबार हुने खेलमा महत्वपूर्ण छ । अपराजित रहेको किर्गिस्तान च्याम्पियनको दाबेदार टोली हो ।

vb-man

नेपालले तीनमध्ये दुई खेल जित्दै फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ । सँगै आयोजक बंगादेश फाइनलको अर्को शसक्त दाबेदार टोली हो । आज हुने दुई खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । फाइनल पुग्नका लागि नेपालसँग जितको विकल्प छैन ।किर्गिस्तान भने नेपालसँग पराजित भएपनि अन्तिम दुईमा पुग्ने सम्भावन रहन्छ । तर, नेपालको हकमा भने किर्गिस्तानलाई हराएर मात्र पुग्ने छैन, अर्को खेलको नतिजा कुर्नु पर्ने हुन्छ । दोस्रो स्थानको बंगलादेश र माल्दिभ्सबीचको खेल आफु अनुकुल आउँदा मात्र नेपाल अघि बढ्ने सम्भावना रहन्छ ।

नेपालले किर्गिस्तानलाई हराउने र बंगलादेशलाई माल्दिभ्सले पराजित गरेको अवस्थामा मात्र नेपाल फाइनल पुग्नेछ । किर्गिस्तानसँग नेपाल हारेमा बंगलादेश अन्तिम खेलअघि नै फाइनल पुग्नेछ । पराजित भएमा नेपालले माल्दिभ्ससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

किर्गिस्तान ३ जितबाट ८ अंक बटुलेको छ । दुई खेलमा समान ३ अंक जोडेको किर्गिस्तानले एउटा खेल बेस्ट अफ फाइभमा जितेका कारण २ अंक मात्र प्राप्त गरेको छ । नेपालले ३ खेलबाट २ मा जितबाट ५ अंकमात्र बटुलेको छ । पहिलो खेल सोझो सेटमा जितेको नेपालले अफगानिस्तानलाई बेस्ट अफ फाइनमा पुगेर हरायो जसका कारण टोलीले २ अंक पाएको छ । २ मा जित र १ मा हारका वावजुद बंगलादेश अंक जोडेको छ ।

दुई खेलमा सोझो सेटमा जितेको बंगलादेशले अर्को खेल वेस्ट अफ फाइभमा पुगेर हारेको थियो । त्यसको टोलीले १ अंक पाएको थियो । माल्दिभ्सको ३ अंक छ । नेपालसँग वेस्ट अफ फाइभमा हारेको अफगानिस्तानले १ अंक जोडेको थियो । अफगानिस्तान प्रतियोगितबाट बाहिरिसकेको छ ।

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सोमबारको खेल नेपालविरुद्ध किर्गिस्तान (स्थानिय समयअनुसार दिउँसो ३ बजे) बंगलादेशविरुद्ध माल्दिभ्स (स्थानिय समयअनुसार साँझ ५ बजे )

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.