default_image

9 years ago

December 26, 2016

नेपाल सेन्ट्रल जोन च्याम्पिनसिपमा किर्गिस्तानसँग पराजित, अब कांस्य पदकका लागि खेल्ने

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ ।

vb-man

सोमबार किर्गिस्तानसँग ३–१ ले पराजित भएपछि अब नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । गत बर्ष पहिलो सहभागितामा पनि नेपालले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तर, टोली पदक विहिन भएर फेर्केको थियो ।

सोमबार किर्गिस्तानसँगको सुरुआती दुई सेट गुमाएर पनि तेस्रो सेटमा पुनरामगन गरेको नेपाल चौथो सेटमा पुनः पराजित भएको थियो । अघिल्ला तीनमध्ये दुई खेल जित्दै नेपालले फाइनल पुग्ने सम्भावनालाई जीवित राखेपनि प्रतियोगिताको सबैभन्दा बलियो दाबेदारसँग हारेपछि नेपालले फेरी एकपटक कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । किर्गिस्तानसँग नेपाल १८–२५, १२–२५, २६–२४ र १०–२५ को सेटमा पराजित भएको थियो ।

अब केही समयमा माल्दिभ्ससँगको खेलमा हारेपनि आयोजक बंगलादेशले फाइनलमा स्थान सुरक्षित पारिसकेको छ । किर्गिस्तानको ११, एक खेल कम खेलेको बंगलादेशको ७, नेपालको ५ र माल्दिभ्सको ३ अंक छ । अफगानिस्तान सबै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.