default_image

3 years ago

December 2, 2022

विश्व कपमा आज चार खेल, ब्राजिल र पाेर्चुगलले पनि खेल्दै

402 views

0 Bookmark

एजेन्सी – कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।

यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति ८:४५ बजेपछि हुनेछ ।

यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । दक्षिण काेरियालाई अघिल्लाे चरण पुग्न पोर्चुगललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले दक्षिण काेरिया समूह चरणबाटै बाहिरिनेछ ।

यसअघि नै समूह चरण पार गरिसकेकाे पोर्चुगललाई दक्षिण काेरियाविरुद्व जुनसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर टाेली अपराजित रहँदै समूह चरण पार गर्न चहान्छ ।

अर्काे खेलमा घाना र उरुग्वे दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । पाेर्चुगलसँग दक्षिण काेरियाले हार या बराबरीकाे नतिजा निस्कदा घानालाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ । उरुग्वेलाई भने जित बाहेककाे विकल्प छैन ।

याे समूहमा पाेर्चुगलकाे २ खेलबाट ६ अंक छ । घानाकाे ३ तथा दक्षिण काेरिया र उरुग्वकाे समान १ अंक छ ।

यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसक्दा स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना छ ।

क्यामरुनलाई अघिल्लाे चरण पुग्न ब्राजिललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले क्यामरुन समूह चरणबाटै बाहिरिनेछ । यसअघि नै समूह चरण पार गरिसकेकाे ब्राजिललाई क्यामरुनविरुद्व जस्ताेसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर ब्राजिल शतप्रतिशत जित निकाल्दै समूह विजेतार बनेर अघि बढ्न चहान्छ ।

अर्काे खेलमा स्विट्जरल्यान्ड र सर्विया दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । ब्राजिलसँग क्यामरुनले हार या बराबरीकाे नतिजा निस्कदा स्विट्जरल्यान्डलाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ । सर्वियालाई भने जित बाहेककाे विकल्प छैन ।

याे समूहमा ब्राजिलकाे ६ अंक छ । स्विट्जरल्यान्डकाे ३ तथा क्यामरुन र सर्वियाकाे समान १ अंक छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.