9 years ago
December 27, 2016
इटहरी (हाम्रो खेलकुद)– एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला र पुरुष दुवैको फाइनलमा पुगेको छ । एपिएफले दुवैतर्फको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई हराएको थियो । पुलिसजस्तै पश्चिमाञ्चलको दुवै टोलीको यात्रा सेमिफाइनलमै टुंगिएको छ ।

एपिएफको महिला भलिबल टोली ।
मंगलवार इटहरी रंगशालामा महिलाको सेमिफाइनलमा २६–२४,२५–१२ र २५–११ ले जितेको एपिएफले एपिएफले पुरुषतर्फको सेमिफाइनल २५–२३, १५–२५, २५–२० र २६–२४ ले आफ्नो पक्षमा पार्यो । पुरुषको फाइनलमा एपिएफले अर्को विभागिय टोली नेपाली सेनाको टोलीको सामना गर्नेछ ।
महिला फाइनलमा भने एपिएफको भेट मध्यमाञ्चलसँग हुनेछ । मंगलबार नै आर्मीले पश्चिमाञ्चललाई २०–२५, २५–२०, २५–२० र २५–११ ले हरायो । महिला सेमिफाइनलमा मध्यामञ्चलले पश्चिमाञ्चललाई २५–१६,२५–१५,२०–२५ र २५–२० ले पराजित गर्यो । दुवै फाइनल बुधबार हुनेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]