default_image

3 years ago

December 21, 2022

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

276 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडीबाट बढीमा ८७ जना बिक्नेछन् ।

सबै फ्रेन्चाइज टोली अक्सनको तयारीमा छन् । आइपिएल अक्सनमा खेलाडी किन्न आफूसँग पैसापनि त्यतिनै हुनुपर्छ । यस पटक अक्सनमा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्स र हालसम्म उपाधि विहीन रोयल च्यालेन्जर्स बेंगलोर सबैभन्दा कमजोर देखिन्छन् ।

यी दुई फ्रेन्चाइज टोलीसँग अक्सनमा १० करोड भन्दा कम अक्सनमा खर्च गर्न पाउने रकम छ । जुन रकमबाट दुबै फ्रेन्चाइज टोलीले कम मूल्यका खेलाडीमा म्याच विनर खेलाडी किन्नुपर्ने हुन्छ ।

आइपिएल इतिहासमा सुपरस्टारले भरिपूर्ण बेंगलोर हालसम्म उपाधिविहीन छ । २०२३ मा बेंगलोर उपाधि जित्न चाहन्छ । त्यसको लागि अक्सनमा स्टार खेलाडी किन्नुपर्ने हुन्छ । तर अक्सन प्रतिस्पर्धामा बेंगलोरसँग ८ करोड ७५ लाख भारु मात्रै छ । बेंगलोरले ८ करोड ७५ लाखबाट ७ खेलाडी किन्नुपर्ने हुन्छ ।

बेंगलोरलाई के आवश्यक छ ?

बेंगलोरसँग हाल ६ विदेशीसहित कुल १८ खेलाडी छन् । बेंगलोरलाई शीर्षक्रममा एक भरपर्दो ब्याटर आवश्यक देखिन्छ । जसमा भारतीय खेलाडीबाट पूरा गर्नुपर्ने हुन्छ । विराट कोहली र फाफ डु प्लेसिसले ओपनिङ गर्दै आएका छन् । कोहलीलाई तेस्रो नम्बरमा ब्याटिङ गराउँदै मयंक अग्रवाललाई अक्सनमा अनुबन्ध गर्न सक्छ ।

जसले बंगलोरको ब्याटिङक्रम मजबुत बन्न सक्छ । चौथो नम्बरमा रजत पाटिदार, पाँचौं नम्बरमा ग्लेन म्याक्सवेल र छैटौं नम्बरमा दीनेश कार्तिकलाई खेलाउन सक्छ । सातौं नम्बरमा वानिन्दु हसरंगा र आठौं नम्बरमा हर्षल पटेल हुनसक्छन् । जसले ब्याटिङ क्रममा गहिराइ हुनेछ ।

बंगलोरले विदेशी खेलाडी ब्याटरको रुपमा किनेपनि खेलाडी ठाउँ भने देखिदैन । बेंगलोरले चार विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, फाफ डु प्लेसिस, वासिनन्दु हसरंगा र जोश हेजलवुडलाई पहिलो रोजाईमा खेलाउने निश्चित छ । यी चार खेलाडीको विकल्प राख्न सक्छ ।

बेंगलोरसँग दुई विदेशी खेलाडीको कोटा बाँकी छ । बेंगलोरले तीव्र गतिका बलर जेसन बेहरनर्डोफ र शेर्फान रदरफोर्डलाई फुकुवा गरेको थियो । एक विदेशी तीव्र गतिका बलर अक्सनमा किन्न सक्छ । तर झन्डै ९ करोड भारुबाट ७ खेलाडी किन्नु पर्ने हुन्छ । कम मूल्यका खेलाडी हेर्नु बाहेक अन्य विकल्प देखिदैन ।

शीर्षक्रमका भारतीय ब्याटर किन्न खोज्ने छ । जसमा मयंक अग्रवाल र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका नारायण जगदीशन राम्रो विकल्प हुन् । तर यी दुई खेलाडीलाई कम मूल्यमा पाउन भने कठिन देखिन्छ । धेरै फ्रेन्चाइजको नजर यी दुई ब्याटरमा देखिन्छ ।

कोलकातालाई के आवश्यक ?

कोलकाताले १५ खेलाडी टोलीबाट फुकुवा गरेको थियो । जसमध्य प्याट कमिन्स, एलेक्स हेल्स र आरोन फिन्च जस्ता खेलाडी थिए । तर आइपिएल ट्रेडमा दुई महँगा खेलाडी लोकी फर्गुसन र शार्दुल ठाकुरलाई टोलीमा लिएपछि मात्रै ७ करोड ५ लाख भारु बाँकी छ ।

कोलकाताले ७ करोडबाट ११ खेलाडी किन्नुपर्ने हुन्छ । ११ मध्य तीन विदेशी खेलाडीको कोटा बाँकी छ । दिल्लीले २०२२ को अक्सनमा शार्दुललाई १० करोड ७५ लाख भारु र लखनउ सुपर जायन्टस्ले १० करोड भारुमा किनेको थियो । यी दुई खेलाडी ट्रेड गरेपछि सबैभन्दा कम रकम भएको हो ।

कोलकातासँग विदेशी खेलाडीको रुपमा लोकी फर्गुसन, टिम साउथी, शार्दुल ठाकुर र उमेश यादव छन् । कोलकाताको तीन विदेशी खेलाडीमा फर्गुसन, आन्द्रे रसेल र सुनिल नारायणको स्थान पक्का छ । चौथो विदेशी खेलाडीमा रहमानउल्लाह गुरबाज राम्रो विकल्प हुन् ।

अक्सनमा कोलकाताले विदेशी खेलाडीमा एक प्रमुख ब्याटरलाई किन्नु पर्ने देखिन्छ । कोलकाताको टोलीमा कप्तान श्रेयस ऐर र नितिश राणालाई हेर्ने हो भने भरपर्दा ब्याटर देखिदैनन् । त्यसैले अक्सनमा भारतीय र विदेशी दुवै प्रमुख ब्याटर हेर्नुपर्ने हुन्छ । जुन ब्याटर कम मूल्यमा पाउन सक्नुपर्छ । जो रुट, टम ब्यान्टन, लिटन दास र फिलिप साल्ट मध्य एक राम्रो विकल्प हुनसक्छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.