default_image

9 years ago

December 28, 2016

भलिबलमा सेनालाई पुरुष र एपिएफलाई महिलातर्फको उपाधि

185 views

0 Bookmark

दिपेन्द्र पोखरेल

इटहरी  – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलमा त्रिभुवन आर्मी क्लब र एपिएफले स्वर्ण हात पारेका छन ।  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई र महिलतर्फ मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो ।

volleyball-shot

फाइनलमा आर्मीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र अन्तिम तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फको रजतको खेल कारबाहिमा परेको पश्चिमाञ्चलबिरुद्द वाल्क ओभर पाएपछी नेपाल पुलिसले रजत हात पार्यो ।

महिलातर्फ मध्यमाञ्चललाई ३–० को सेटमा पराजित गर्दै एपीएफले स्वर्णमा कब्जा जमायो । निकै रोमाञ्चक खेलमा स्थानिय समर्थकहरुको साथ पाएको मध्यमाञ्चलले तेस्रो सेटमा सुरुवाती अग्रता गुमाएपछी सोझो सेटको हारको सामना गर्नु परेको थियो । पहिलो सेट २५–२२ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२२ ले जित्दै स्वर्ण हात पार्यो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.