default_image

9 years ago

January 8, 2017

एपिएफले बर्षको उत्कृष्ट खेलाडी घोषणा गर्यो

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपिएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपिएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्नुभयो।

APF Player of the Year

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहनु भएका सशस्त्र प्रहरी महानिरीक्षक राईले आईतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ जना खेलाडीहरुलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक तथा विभिन्न विद्याका खेलाडीहरुलाई ‘एपिएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गर्नुभयो ।

उक्त विशेष समारोहमा मिलन राई (पुरुष फुटबल), अनिता बस्नेत (महिला फुटबल), महेन्द्र श्रेष्ठ (पुरुष भलिबल), विनिता बुढाथोकी (महिला भलिबल), विशाल प्रधान (पुरुष ब्याडमिन्टन), शिक्षा श्रेष्ठ (महिला व्याडमिन्टन), बसन्त रेग्मी (पुरुष क्रिकेट)  र करुणा भण्डारी (महिला क्रिकेट) ‘एपिएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन् ।

यसैगरी मनोज ठगुन्ना (पुरुष ह्याण्डबल), उमा राई (महिला ह्याण्डबल), पुरन राई (पुरुष बक्सिङ), माला राई (महिला बक्सिङ), विजय लामा (पुुरुष कराते), अनु अधिकारी (महिला कराते), भरत बोहरा (पुरुष तेक्वान्दो) र अप्सरा कार्कीले (महिला तेक्वान्दो) तर्फ सो अवार्ड प्राप्त गरेकी छिन् ।

यसैगरी पुरुष उसुतर्फ मंगलप्रसाद थारु, महिला उसुतर्फ सुस्मिता तामाङ्, पुरुष एथलेटिक्सतर्फ गोविन्द पार्की, महिला एथलेटिक्सतर्फ कान्छीमाया कोजु, पुरुष टेवुल टेनिसतर्फ शिवसुन्दर गोठे, महिला टेवुल टेनिसतर्फ सेलिखा खड्की, आईटीएफ टेक्वान्दोतर्फ श्यामकृष्ण श्रेष्ठ र जुडोतर्फ देविका खड्का ‘एपिएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन.् ।

यसैगरी एपिएफका कलाकारहरु राजिव बज्राचार्य र अनिता रञ्जितकार समेत सोही विशेष समारोहमा सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी संगठन र देशको नाम उच्च तुल्याएको बताउनुभयो ।

‘खेलाडीले हाम्रो शीर उचो तुल्याएका छन्’ सशस्त्र प्रहरी महानिरीक्षक राईले भन्नुभयो– ‘हाम्रो खेलाडीले मेहनतका साथ खेलेका छन् र संगठन र देशका लागि योगदान दिएका छन् ।’

प्रतिनिधि पात्रको रुपमा केही विद्याका खेलाडीको नाम नै लिएर सशस्त्र प्रहरी महानिरीक्षक राईले गर्वका साथ भन्नुभयो– ‘नेपाल एपिएफ क्वलमा उत्कृष्ट खेलाडी छन् र उनिहरुले आशा गरिए अनुरुप क्षमता प्रदर्शन गरेका छन् ।’

खेलाडीलाई संरक्षण गर्नुपर्ने तथा सशस्त्र प्रहरी बलले खेलाडीलाई उचित अवसर दिएको दृष्टान्त उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राईले  संगठनका पूर्वज नेतृत्ववर्गको प्रयास तथा संगठनले दिएको खेलकुदको वातावरणले एपिएफ क्लवका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको चर्चा गर्नुभयो ।

खेलाडी तथा तीनका प्रशिक्षक एवं खेलको वातावरण तयार गरिदिने एपिएफ क्लव एवं समाचारका माध्यमबाट खेलाडीको हौसाल बढाउन मद्धत पु¥याउने संचारकर्मी सबै प्रति आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले उक्त विशेष समारोहमा आफ्नो खेल जीवनको समेत स्मरण गर्नुहुँदै खेलकुद क्षेत्रको विकासमा आफुले सधैं सघाई रहने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा नेपाल एपिएफ क्लवको पुरुष फुटबल टिमलाई पाँच वर्षका लागि एक करोड ११ लाख रुपैयाँको प्रायोजन सम्झौताका साथै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लवका खेलाडीहरुलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मालाई कदर पत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले सोहि अवसरमा नेपाल एपिएफ क्लवलाई सहयोग पु¥याउने एन्फाका महासचिव धिरेन्द्र प्रधान, चौधरी ट्रेडर्सका प्रमोदप्रसाद चौधरी र आर.जे. स्पोर्टसका रमेश रुपाखेतीलाई समेत कदर पत्र प्रदान गर्नुभयो ।

वि.सं. २०६१ साल बैशाख ३१ गते स्थापना भएको नेपाल एपिएफ क्लवले हाल विभिन्न विद्याका २६ खेलमा आफ्नो सहभागिता जनाउँदै आएको  छ ।

सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।

नेपाल एपिएफ क्लवका खेलाडीहरुले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ४२ स्वर्ण, ३० रजत र २७ कास्य पदक प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय स्तरमा ७१४ स्वर्ण, ५८३ रजत र ५७९ कास्य गरी कुल १ हजार ९ सय ७५ पदक हासिल गरेको छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु एवं विभिन्न विद्याका खेलाडी तथा प्रशिक्षकवर्गको उपस्थिति रहेको थियो ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.