9 years ago
January 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – महिला भलिबलका दुई बलिया टोली एपिएफ र नैकापको न्यूडायमन्ड एकेडेमीले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन् ।

नयाँबसपार्कमा मंगलबार एपिएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्यूडाइमन्डसँग अंक बराबरी ग¥यो । चौथो दिनको खेलमा एपिएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो । तर त्यसपछि का तीन सेट २५–१२,२५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अंक बट्ल्यो । एपीएफ र न्युडायमण्डले ४ खेलबाट अपराजित रहदै समान १२ अंक बनाएका छन् ।
आफ्नो पहिलो खेल पराजय बेहोरेपनि दोस्रो खेलमा पश्चिमाञ्चलले सफलता हात पार्दै २ खेलबाट ३ अंक बटुलेको छ । पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११,२५–३ र २५–८ को सोझो सेटमा हराउदै लिगमा पहिलो सफलता हात पा¥यो ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]